तिहारमा बिक्री नभएको फूल आयुर्वेदिक औषधिमा प्रयोग गरिने

Share:

नोभेम्बर १७
काठमाडौं । तिहारमा बिक्री नभएको सयपत्री फूल आयुर्वेदिक औषधिमा प्रयोग गरिने भएको छ।

फूललाई राम्ररी सुकाएर गुर्जो चिया तथा ग्याष्ट्रिक, अल्सर, माइग्रेन, जोर्नीको समस्या, चिन्ता, शक्तिवर्धक आदिमा उपयोगी हुने गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले बताएका छन् ।

भृकुटीमण्डपमा रहेका  व्यापारीहरुबाट नि: शुल्क पाँच हजार किलोग्राम सयपत्री फूल  उपलब्ध भएको र आयुर्वेदिक औषधि बनाउँदा यस क्षेत्रका विज्ञसँग पनि सल्लाह लिइने पनि उनले जानकारी दिए । आयुर्वेदिक चिकित्सकको परामर्शमा गुर्जोलगायत ६० प्रकारका जडिबुटीबाट बनाइने औषधि निःशुल्क वितरण गरिने पनि राष्ट्रिय महिला आयोगको सचिवसमेत रहेका अभियानकर्मी राजलवटको भनाइ छ।
स्वयंसेवकहरु शोभिता भट्टराई, कलावती भट्टराई, योग गुरु सुरेन्द्र रिमाल तथा किशोर श्रेष्ठ लगाएत व्यक्तिहरुले निःशुल्क प्राप्त फूलको व्यवस्थापनमा सहयोग गरेका थिए ।

Share:

सम्बन्धित समाचारहरू