दीपक भण्डारी / पोर्चुगल
फुटबलको राजा मानिने रोनाल्डोको देश भनेर चिनिने युरोपको पोर्चुगलमा नेपालीहरुको फुटबल आकर्षण बढ्दो छ । पोर्चुगलको बेजा जिल्ला अन्तर्गत शान्तत्वनिया मा आयोजित फुटबल खेलमा नेपालीहरुको मात्रै १३ टिम सहभागी रहेको आयोजक सस्था ग्रेब जबका सन्चालक सुबास पाण्डेले बताए ।
खासगरी नेपाली युवाहरुको आकर्षणको केन्द्र पोर्चुगलमा रहेका सम्पुर्ण युवाहरुलाई खेलको माध्यमबाट गोलबन्द गर्ने उदेश्यले खेल सन्चालन गरिएको पाण्डेले बताए । पछिल्लो समयमा नेपाली एजेन्सिको रुपमा स्थापित ग्रेब जबले आयोजना गरेको उक्त खेलमा प्रथम हुनेलाई ३ हजार युरो अर्थात झन्डै चार लाख भन्दा धेरै प्रदान गरिने छ भने दोस्रो हुनेलाई दुइलाख भन्दा धेरैको पुरस्कार राशी राखिएको सस्थाले जनाएको छ । एजेन्सीले हरेक वर्ष पाँचसय भन्दा धेरै नेपाली युवाहरुलाई रोजगारी दिदै आएको छ ।
यस क्षेत्रमा हुने खेलहरुमा नेपालीहरुको राम्रै उपस्तिथि हुन्छ तर बिशुद्द नेपालीहरुकै खेलको रुपमा ग्रेब जबले आयोजना गरेको यो खेललाई लिन सकिन्छ यो खेलले नेपालिहरुको भाईचारामा टेवा पुगेको छ, लामो समय देखि सान्तत्वनियामा बस्दै आउनु भएका फनिण्द्र ठकुरीको धारणा छ ।
त्यस्तै नेपालिहरु संग धेरै किसिमको प्रतिभा छ अवसर पाउने हो भने कुनै कुरामा पछि परिदैन , नेपाइ दाजुभाइ संग चिनापरिचय सुख दुख साटासाट गर्ने अवसर मिल्ने । यस्तो किसिमको खेलहरुको हरेक वर्ष आयोजना भइ दिए राम्रो हुने प्रबिण शाहीले बताए ।