माल्टा नेपाल अनलाइन / नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने हेतुका साथ युरोपको माल्टामा नेपालीहरुले नेपालीपन झल्काउँदै नेपाली नयाँ वर्ष २०८२ भब्य रुपमा मनाउने भएका छन् । नेपालको राष्ट्रिय झन्डा फरफराउँदै, नेपालीको पहिचान झल्काउने राष्ट्रिय पोसाक लगाएर मौलिक पहिरन र पहिचानका साथ माल्टाको राजधानी भेलेटामा नेपाली नयाँ वर्ष भब्य रुपमा मनाउने तयारीमा माल्टाबासी नेपालीहरु जुटेका हुन् ।
अप्रिल १४ तारीख नेपाली नयाँ वर्ष बैशाख १ दिन माल्टा र नेपाल दुई देश बीचको सम्बन्ध थप मजबुत बनाउन र नेपालमा पर्यटनको प्रबद्र्धनमा सघाउ पुग्ने उद्देश्यले माल्टाको राजधानीमा भब्य कार्यक्रम आयोजना गर्न माल्टामा रहेका सम्पूर्ण नेपालीहरु एक साथ उभिएका छन् । नेपालको संस्कृति र सांस्कृतिक माध्यमद्धारा विदेशमा नेपाल चिनाउन सबै नेपालीले भूमिका खेल्नुपर्ने साझा विचार बैठकका सहभागीहरुले राखेका थिए ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको कार्यालयमा एनआरएनए माल्टाको अगुवाइमा नयाँ वर्ष मनाउने बारेमा भएको छलफलमा सहभागी भएका नेपालीहरुले देशलाई प्राथकितामा राखेर नेपाल चिनाउने गरी कार्यक्रम आयोजना गर्ने बारे व्यापक रुपमा छलफल गरेका थिए । छलफलको सुरुवातीमा एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले कार्यक्रमको रपरेखाको बारेमा जानकारी गराएका थिए । माल्टाको राजधानी भेलेटामा नयाँ वर्ष मनाउनको लागि अनुमती पाइ सकेकोले कार्यक्रमको तयारीमा सक्रिय भएर लाग्नु पर्ने अध्यक्ष खनालले जोड दिएका थिए ।
बैठकमा सहभागी माल्टामा रहेका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा र पत्रकारले कार्यक्रम भब्य रुपमा सफल पार्ने विषयमा आआफ्नो धारणा राखेका थिए । नेपालको पर्यटन प्रर्बद्र्धनका साथै नेपाल चिनाउन नयाँ वर्षका दिन हुने कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भएकोले रोजगारीको .सलिसिलामा माल्टामा रहेका सबै नेपालीहरुको उल्लेखनीय सहभागिता हुने गरी कार्यक्रमको जिम्मेवारी बाँडफाँड गरिएको छ
।
बैठकमा एनआरएनए माल्टाका कोषाध्यक्ष एवम् नयाँ वर्षको अवसरमा हुन लागेको कार्यक्रम मूल समितिका सयोजक समेत रहेका निरज श्रेष्ठले विभिन्न विभाग बनाई जिम्मेवारी दिएको जानकारी गराएका थिए । जस अन्र्तगत कार्यक्रम संयोजक निरज श्रेष्ठ, उप–संयोजक विजय परियार र रोशन गिरी, लजिस्टिक व्यवस्थापनमा संयोजक प्रकाश थापा र उप–संयोजक दामोदर लामीछाने रहेका छन् । त्यसैगरी यातायात व्यवस्थापन संयोजक सत्य नारायण झा र उप–संयोजक हरी प्रसाद पौड्याल, खाना तथा सरसफाईमा संयोजक सुवास तिमिल्सिना उप–संयोजक प्रेम लिम्बु, स्वयम् सेवक व्यवस्थापनमा संयोजक राजेन्द्र बिष्ट र उप–संयोजकमा सुलिन दोङलाई जिम्मेवारी दिइएको छ ।
कार्यक्रमलाई व्यवस्थित रुपमा सफल पार्नकै लागि संचार तथा सामाजिक संजालका लागि संयोजक पत्रकार धनराज अविरल र उप–संयोजक प्रभाकर गिरी, साँस्कृतिक विभागका लागि संयोजक रोशन गिरी, उप–संयोजक किरण बुढाथोकी, अतिथि स्वागतका लागि संयोजक सबनम गुरुङ र उप–संयोजक काब्य कटुवाल, समुदाय व्यवस्थापन संयोजकमा मधु गुरुङ, अतिथि निमन्त्रणाको लागि संयोजक प्रकाश भण्डारी र उप–संयोजक निरज श्रेष्ठ, ¥याली तथा सहभागिताको लागि संयोजक टिका श्रेष्ठ र उप–संयोजक ज्ञान बहादुर लामा, प्राविधिक तर्फ संयोजक आकाश गुरुङ र उप–संयोजक भरत अर्याललाई जिम्मेवारी तोकिएको मूल समितिका सयोजक निरज श्रेष्ठले बताए ।
बैठकमा नेपाल माल्टा पर्यटनदुत एवम् एनआरएनए युरोप युवा संयोजक प्रकाश भण्डारी, एनआरएनए माल्टाका निवर्तमान अध्यक्ष एवम् एनआरएनए युरोप क्षेत्रीय सचिव भुवन अर्याल, एनआरएनए केन्द«ीय सदस्य नविन गिरी र गोविन्द खरेल, एनआरएनए पूर्व महासचिव रोशन गिरीले नयाँ वर्ष भब्य रुपमा मनाउन सबै सक्रिय भएर लाग्नु पर्ने बताएका थिए । त्यसैगरी जन सम्पर्क समिति माल्टाका सभापती हरी बिसी, प्रवासी नेपाली मंच माल्टाका कमल पोख्रेल र राष्ट्रिय स्वतन्त्र पार्टी सम्पर्क विभाग सभापती राजेन्द्र भण्डारीले कार्यक्रमले नेपाल चिनाउन मद्दत पुग्ने बताए । माल्टा नेपाल अनलाइनका सम्पादक एवम् पत्रकार धनराज अविरलले माल्टामा नेपालीहरुको सकारात्मक सोच र मेलमिलापले एकताको राम्रो सन्देश फैलिएको बताउँदै माल्टामा मिडियासँग समन्वय र सहकार्य गरी काम गर्न आवश्यक रहेको अविरलले जोड दिएका थिए ।
झापाली समाज माल्टाका सचिव रिसीराम काफ्ले, एनएफसी क्लब माल्टाका अध्यक्ष राजेन्द्र बिष्ट, मगर समाज माल्टाका अध्यक्ष सन्तु थापा, गुरुङ समाज माल्टाका अध्यक्ष आकाश गुरुङ, पूर्वाञ्चल समाज माल्टाका अध्यक्ष अम्मर बिष्ट, नेवा समाज माल्टाका अध्यक्ष टिका श्रेष्ठ, नेपाली समाज माल्टाका अध्यक्ष ज्ञानु लामा, मुगवर्ट प्रोडक्सनका संचालक अम्मर रावत, नेपाल माल्टा क्रिश्चियनका सुधिर आले मगर र राष्ट्रिय साँस्कृतिक अनुसन्धानका प्रतिनिधिले आआफ्नो समुदायको मौलिक पहिचान झल्काउने पहिरनका साथ साँस्कृतिक प्रस्तुती देखाउने बताएका थिए । छलफलमा एनआरएनए माल्टाका सल्लाहकार काब्य कुटवाल, एनआरएनए माल्टाका महिला उपाध्यक्ष सबनम गुरुङ र एनआरएनए माल्टा महिला संयोजक धनु लामाले नयाँ वर्षको अवसरमा हुने कार्यक्रम सफल पार्न सबै नेपालीलाई उनीहरुले आग्रह समेत गरेका छन् ।