माल्टा नेपाल अनलाइन डेस्क / युरोपको माल्टामा देउसी भैलो खेल्दै नेपालीले तिहार मानाएका छन् । रोजगारीको सिलसिलामा माल्टामा रहेका प्रवासी नेपालीले व्यस्तताका वावजुत पनि देउसी भैलो खेल्दै तिहार मनाएका हुन् । कामको व्यस्तताबाट समय निकालेर देउसी भैलो खेल्दै तिहार मनाउन पाउँदा धेरै खुसी लागेको माया क्षेत्रीले बताइन् । नेपालको चितवन घर भएकी माया ७ वर्ष पहिले माल्टामा आएकी हुन् । हाल उनी माल्टाको बुजिब्बाा बस्दै आएकी छन् । हरेक वर्ष तिहार कार्यक्रमको आयोजना गरी तिहार मनाउने माया दिदिकै अगुवाइमा यसवर्ष पनि रमाइलो गर्दै तिहार मनाएको सुर्य खड्काले बताए ।

माया दिदि साथमा हुँदा चाडपर्वको बेला नेपालमै भएको महसुस हुन्छ । दिदिले सबै व्यवस्थापन गरेर कार्यक्रमको आयोजना गर्नुहुन्छ । सबैसंगै बसेर रमाइलो गर्ने गरेको खड्का बताउँछन् ।यसपाली पनि माया दिदिकै अगुवाईमा सामूहिक रुपमा तिहार मनायौं । धेरै रमाइलो भयो । फरक शैलीमा खेलिएको देउसी भैली कार्यक्रममा आउनुहुने पाहुनाहरुले धेरै नै मन पराएर नाँच्दै गाउँदै रमाइलो गरेको उनले बताए ।

पाहुनाका रुपमा बोलाएका व्यक्तिहरुलाई घरको गेटबाटै फुलमालाले स्वागत गर्दै देउसी भैलो भट्याउदै भित्र कोठासम्म लगेर सबैले गोलोघेरामा सरिक भएर खेलेको देउसी भैलोले सबैको मन जितको थियो । आफूहरु नेपालमै भएको अनुभव एकआपसमा कुरागर्दै उनीहरुले सुनाइ रहेका थिए । देउसी भैलो धेरै नै मनछुने गरी सुर्य खड्काले भट्याएका थिए । उनका शब्दबाट प्रभावित भएर दक्षिणा समेत सबैले दिएका थिए । जुन दृश्य निकै रोचक देखिन्थ्यो ।

भाइबहिनीहरुले धेरै माया गर्छन । आदर र सत्कार पनि गर्छन । चाडपर्वको बेला सामूहिक रुपमा केही गरौं भन्ने भावनाले मैले सधैं नै संगै बसेर खाने, रमाइलो गर्ने वातावरण निमार्ण गर्न पाउँदा आफूलाई धेरै खुसी लाग्ने गरेको माया क्षेत्रीले बताइन् । देउसी भैलो कार्यक्रममा सहभागी भएका पत्रकार प्रकाश बगालले प्रशंसा गर्दै माया दिदिको मन धेरै नै ठूलो भएको बताए । माया नाम जस्तै व्यवहार पनि धरै मायालु रहेको उनले बताए । माया दिदिकै कारण केहीवर्ष देखि चाडपर्वको बेला यस्तै रमाइलो जमघट निरन्तर हुँदै आएको छ ।

देउसी भैलासँगै दाइ र बहिनी नाता पर्नेहरुले निधारमा सप्तरंगी टिका र गलामा माला लगाउँदै तिहार पनि मनाएका थिए । मायाले भनिन् “ पोखराका सुवास गिरीलाई मैलै भाइ मानेकी छु भाइलाई टिका लगाएर तिहार मनाउन पाउँदा धेरै खुसी लागेको छ ।” तनहुकी कविता बानियाले अघिल्लो साल आफन्त बस्ने घरमा गएर देउसी भैलो खेलेका थियौ तर यसपाली कोठाभित्र देउसी भैलो खेल्दा धेरै नै रमाइलो भएको बताइन् । १२ वर्षपछि भाइलाई माल्टामै टिका लगाउन पाउँदा मन धेरै खुसी भएको बिन्दु अर्यालले बताइन् । माल्टा घुम्न आएका आमाको हातबाट दशैंमा र तिहारमा भाइलाई टिका लगाउन पाउँदा विदेशको ठाउँमा पनि दशैं र तिहारमा धेरै नै रमाइलो भएको उनी बताउँछन् ।

नेवा समाज माल्टाले पनि म्हपूजा र सांस्कृतिक कार्यक्रम आयोजना गरी तिहार मनाएको छ । कार्यक्रम स्थलैमै दर्शकहरुले सामूहिक रुपमा देउसी भैलो खेलेर रमाइलो समेत गरेका थिए । तमु समाज माल्टाले पनि सालिनी पार्कमा भब्य रुपमा नेपाली परम्परा र संस्कृति झल्काउदै देउसी भैलो खेलेर तिहार मनाएको तमु समाज माल्टाका उपाध्यक्ष ज्ञान बहादुर गुरुङले बताए । त्यसैगरी तामाङ समाज माल्टाले पनि देउसी भैलो खेलेर तिहार मनाएको थियो ।समाजसेवी भुवन अर्यालले १५ वर्षपछि ५ जना दाजुभाइ र दिदिबहिनीले सँगै तिहार मनाउन पाउँदा धेरै खुसी लागेको आफ्नो अनुभव सुनाए । छिरिङ लामाले माल्टामा तिहार नेपालीहरुले उल्लासमय रुपमा मनाएको भन्दै आफूले पनि दाजुभाइलाई टिका लगाउन पाउँदा मनमा धेरै खुसी लागेको बताइन् ।









