काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ । शुक्रबार बालकुमारीमा भएको घटनापछि उनलाई मन्त्रालयमा तानिएको गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
यस्तै, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ ।
घटनास्थलमा सुरक्षा कमान्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीसपी) उमेश लम्साललाई निलम्बन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) एवं प्रहरी सहायक निरीक्षक (असई) बोधराज दनुवारलाई पनि निलम्बन गरिएको भट्टराईले जानकारी दिए ।

प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा प्रहरीको गोली र कुटपिटबाट अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।