माल्टामा नेपाली नयाँ वर्ष मनाउने कार्यक्रमको तयारी पूरा, कलाकार अर्जुन सापकोटा आउँदै

Share:

माल्टा नेपाल अनलाइन / अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले मनाउन लागेको नेपाली नयाँ वर्ष भान्से धमाका सिजन १ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका अध्यक्ष बासुदेव भुसालले जानकारी दिएका छन् । चैत्र ३० गते अप्रिल १३ तारीखका दिन माल्टाको बुजिब्बामा मनाउन लागेको नेपाली नयाँ वर्षमा चर्चित गायक अर्जुन सापकोटाको सांगीतिक प्रस्तुती रहने भएको छ । नेपाली नयाँ वर्ष मनाउन माल्टामा रहेका सबै नेपालीहरु एक भएर सांगीतिक कार्यक्रम सफल पार्न सक्रिय भएर लागेको भुसालले बताए ।

माल्टामा शानदारका साथ उत्कृष्ट कार्यक्रम आयोजना गरेर आप्रवासी नेपालीको मन जित्न सफल भएको सेफ सोसाइटी माल्टाले सबैले रुचाएका लोकप्रिय गायक अर्जुन सापकोटालाई माल्टामा ल्याउन लागेको हो । सांगीतिक प्रस्तुती हेरेर मनोरन्जन लिनका लागि रोजगारीको सिलसिलामा माल्टामा रहेका नेपालीहरु यतिबेला कलाकार अर्जुन सापकोटाको प्रतिक्षाको बाटो कुरेर बसेका छन् ।

कार्यक्रमलाई सफल पार्न सेफ सोसाइटी माल्टासँंग सहकार्य गरेर सबैले सहयोग गरि रहेको सेफ सोसाइटी माल्टाका वरिष्ठ उपाध्यक्ष बाबु अर्यालले बताए । कार्यक्रममा माल्टामा रहेका कलाकारहरुले पनि प्रस्तुती दिने संस्थाका महासचिव सुन्दर घिमिरेले बताए ।

Share:

सम्बन्धित समाचारहरू