माल्टामा पक्राउ परेका ३ जना नेपाली मध्ये २ जनालाई नेपाल पठाइयो

Share:

माल्टा इमिग्रेसन प्रहरीद्धारा पक्राउ परेका ३ जना नेपाली मध्ये २ जनालाई नेपाल पठाइएको छ । नेपालको सिन्दुपाल्चोक र तनहु घर भएका २ जनालाई सोमबार माल्टा इमिग्रेसन प्रहरीले नेपाल पठाएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले जानकारी दिएका छन् । पक्राउ परेका मध्ये गोर्खा घर भएका १ जनालाई डिसेम्बर १२ तारीख बिहिबारका दिन नेपाल पठाउने तयारी गरेको प्रहरीलाई उद्धित गर्दै अध्यक्ष खनालले बताए ।

माल्टामा (इन्लिगल) अवैधानिक रुपमा बसेका ३ जना नेपालीलाई माल्टा इमिग्रेसन प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको विस्तृत जानकारी गोप्य राखिएको छ । कागजपत्र बिहिन भएर अवैधानिक रुपमा बसेका एकजना नेपाली २ महिना देखि पक्राउ परेर हिरासतमा रहेका थिए । उनलाई अवैधानिक रुपमा कामगरी रहेकै बेलामा माल्टा इमिग्रेसन प्रहरीले पक्राउ गरेको थियो ।

त्यसैगरी कागजपत्र बिहिन भएर अवैधानिक रुपमा बस्दै आएका अर्का २ जना मध्ये १ जना कामगरी रहेकै बेलामा र अर्का १ जनालाई माल्टा छोडेर अर्कोदेश जाँदैगर्दा माल्टा इमिग्रेसन प्रहरीले दुईसाता अगाडी पक्राउ गरेको खनालले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई नेपाल पठाउनको लागि आवश्यक पर्ने कागजपत्र नेपाली राजदूतावास म्यार्डिड र एनआरएनए माल्टाको समन्वयमा तयारपारी माल्टा इमिग्रेसन प्रहरीलाई आफूले बmुझाएको खनालले बताएका छन् ।

 

 

Share:

सम्बन्धित समाचारहरू