माल्टा – समाजसेवी भक्तबहादुर थापाले “माल्टा साथी बचाउ” अभियान संचालन गरेका छन् । झिमरुक गाउँपालिका–७, तुषारा कुता निवासी २६ वर्षीय सन्तोष बिकको उपचारमा सहयोगको अपिल गर्दै “माल्टा साथी बचाउ अभियान संचालन गरेका हुन । सन्तोषको दुवै मृगौला फेल भएकाले हाल युनिभर्सल मेडिकल कलेज, भैरहवामा उनको उपचार भइरहेको थापाले बताए ।
बिकको आर्थिक अभावका कारण उपचार खर्च जुटाउन कठिनाइ परिरहेको छ। उनकाे श्रीमतीले सहयोगीहरूलाई अपिल गर्दै श्रीनानको जीवन बचाइ दिन अनुरोध गरेकी छन् । सन्तोष बिकको नाममा रहेको साइन रेसुङ्गा बैंकको खाता नम्बर 02600700599001000001 मा सहयोग सकिने छ भने थप जानकारीका लागि सम्पर्क नम्बर 9865550446 मा सम्पर्क गर्न सकिने थापा बताउँछन् ।
थापाले भने, “आफ्नै सङ्गै पढेका, खेलेका साथीको जीवन जोगाउने उद्देश्यले यो अभियान सुरु गरेका छौं । माल्टामा बसोबास गर्ने सम्पूर्ण समाजसेवी, संघ–संस्था र सहयोगी मनहरूलाई सक्दो सहयोग गरिदिनु होला ।”
नेपालमा खाता नभएका वा थप बुझ्न चाहने सहयोगीहरूले 35699500307 मा सम्पर्क गरी सहयोग गर्न सकिने थापाले जानकारी दिएका छन् ।




