बालिकालाई ब्ल्याकमेल गरेको आरोपमा बालक पक्राउ

Share:

डिसेम्बर,८

कास्की / पोखरा स्थित वडा नं. २७ मा रहेको स्कूलमा अध्ययनरत १६ बर्षका बालकलाई ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले  पक्राउ गरेको छ ।
१६ वर्षीया एक बालिकालाई १६ वर्षकै बालकले बालिकाको फोटो तथा भिडियोहरुलाई अश्लील बनाई सामाजिक संजालमा राख्ने र आफ्ना  आफन्तलाईसमेत पठाइ बेईज्जत गरिदिन्छु भनी विभिन्न डर धम्की देखाई बालिकालाई मानसिक यातना दिने तथा व्ल्याकमेल गर्ने गरेको कास्की  प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकका अनुसार बालिकाका परिवारले दिएको उजुरीका आधारमा बालकलाई पक्राउ गरिएको बताएका छन् ।बालकलाई दुई थान मोबाइलसहित पक्राउ गरी विद्युतीय कारोवार ऐन (साईबर अपराध) मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरू