नेपाल माल्टा कम्युनिटीले भूकम्प प्रभावितहरुका लागि राहत पठाउने, सबैलाई सहयोग गर्न आग्रह

Share:

नोभेम्बर ,४- माल्टा
नेपाल माल्टा कम्युनिटीले जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुका लागि राहत सामग्री पठाउने भएको छ । नेपाल माल्टा कम्युनिटीको आकस्मीक बैठकले भूकम्प पीडितलाई राहत सामग्रीसहित घटनास्थल जाने निर्णय गरिएको नेपाल माल्टा कम्युनिटीका प्रवक्ता प्रकाश बगालेले जानकारी गराएका छन्। उनका अनुसार संस्थाका संयोजक ललितजंग पाण्डे र संस्थाका सदस्य सचिव विरोजंग पाण्डे नेपालमै रहेकाले तत्काल राहत सामग्रीसहित जाजरकोट पठाउने निर्णय भएको हो ।

माल्टाबासी नेपालीहरुले भूकम्प प्रभावितहरुका लागि सहयोग गर्न आग्रह गर्दै इच्छुकहरुले रिवोलुट नम्बर +35677784351 मा रकम संकलन समेत गर्न सकिने संस्थाका संयोजक पाण्डेले बताए । उनले आफु नेपालनै रहेको हुँदा आफु स्वय्म राहत लिएर जाजरकोट लान लागेको बताएका छन् । कम्युनिटीका सल्लाहकार बाबु अर्यालले माल्टामा रहेका नेपाली र आवद्व संघ संस्थालाई आवश्यक साथ र सहयोगको अपिल गदै सवै माल्टाबासी दाजुभाईहरुलाई सहयोग गर्न आग्रह गरेका छन् । पीडितको पीडामा थोरै भए पनि मल्हम लगाउन परदेशीएका नेपालीले एक जुट हुन आवश्यक रहेको भन्दै सल्लाहकार अर्यालले राहत संकलन र हस्तान्तरणका लागि संस्थाका संयोजक पाण्डेलाई घटनास्थलमा खटाइएको जानकारी दिए ।

नेपाल माल्टा कम्युनिटीका निवर्तमान वरिष्ठ उपाध्यक्ष एवम् एनआरएनए माल्टाका निवर्तमान अध्यक्ष एवं आइसीसी सदस्य भुवन अर्यालले नेपालको जाजरकोटमा गएको विनाशकारी भुकम्प परेका घाइतेहरुको स्वास्थ्यलाभको कामना गदै पीडितलाई तत्काल राहत र पुनस्थापनाका लागि गम्भिर भएर लाग्न सरकारलाई आग्रह गरेका छन् । उनले हरेक समस्यामा माल्टाबासी नेपाली एक भएर अघि बढ्न समेत अनुराध गरेका छन् ।

Share:

सम्बन्धित समाचारहरू