लामो समयदेखि यूरोपेली भुमिलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका झापाका गायक तुलसी सिवाकोटीको ‘ चटपटेको ठेला‘ सार्वजनिक भएको छ ।
नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी बिगत १२ बर्ष देखि यूरोपमा बसोबास गर्दै आएका सिवाकोटी यूरोप लगायत विदेशको नेपाली संगीतमा एउटा चिरपरिचित नाम हो प्राय बिदेशमा हुने हरेक कार्यक्रममा उनको प्रस्तुति रहने गरेको छ परदेशको काम व्यस्तता परिवार अनि संगीत लाइ एकैबाजी साथमा लैजानु निकै चुनौती हुन्छ जो कोहिल्लाई पनि त्यसको बाबजुत नेपाली संगीत बजारमा अलग्गै पहिचान बनाउन सफल गायक सिवाकोटी ले नयाँ गित चटपटेको ठेला सार्बजनिक गरेका छन् । रबिन स्वप्निल गिरीको शब्द रहेको गीतको संगीत/एरेन्जर/मिक्स/मास्टर दिपकराज विश्वकर्माले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ ।
निशाल पौडेलको छायाँकन, विकास दाहालको सम्पादन तथा जसको निर्देशन अनुभवी निर्देशक युवराज वाइबाले गरेका हुन् । प्रेमी प्रेमीकाबिचको रोमान्टिक दृश्यहरुलाई निर्देशक वाइबाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । भिडियोमा सरोज प्रजा र उषा उप्रेतीको अभिनय रहेको छ । जसको कोरियोग्राफी प्रमोद के भण्डारीले गरेका हुन् । प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता गणेश प्रसाईले बताए ।‘ चटपटेको ठेला‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://youtu.be/FCtRmMDE2l4?si=obKIyWNF09n5Ge_j