केन्द्रबिन्दु धादिङको खरी, स्केल ६.१ म्याग्निच्युड

Share:

आइतबार बिहान धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले धादिङको खरी केन्द्रबिन्दु भएर आइतबार बिहान ७ः३९ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए ।भूकम्पको धक्का धादिङसँगै काठमाडौं उपत्यका, गोरखा, लमजुङ, नुवाकोट, रसुवालगायत जिल्लामा पनि महसुस भएको छ ।

भूकम्पबाट क्षति भए/नभएको विवरण आउन बाँकी छ । दसैँको रमझममा रहेका बेला भूकम्प गएपछि मानिसहरू त्रस्त बनेका छन् ।

Share:

सम्बन्धित समाचारहरू