काठमान्डौँ/
आश्विन शुक्ल पूर्णिमामा कार्तिक ११ गते भोली शनिबार नेपालमा खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए ।
यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै ग्रहण भएको राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले जानकारी दिए ।
दिउँसो ४ः१९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ ।
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने धार्मिक विश्वास रहेको छ ।