माल्टामा घुम्ती राहदानी तथा कन्सुलर शिविर संचालन : सेवाग्राहीले गरे एनआरएनए माल्टाको प्रशंसा

Share:

माल्टा नेपाल अनलाइन डेस्क / राहदानी नवीकरण लगायत अन्य कन्सुलर सेवालीन आएका नेपालीहरुले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको प्रशंसा गरेका छन् । स्पेनमा रहेको नेपाली राजदूतावासको समन्वय तथा एनआरएनए माल्टाको सहकार्यमा २८ अप्रिल मंगलबार देखि माल्टामा संचालन भएको घुम्ती राहदानी तथा कन्सुलर शिविरबाट सेवालीन आएका नेपालीहरुले एनआरएनए माल्टाले गरेको कामको प्रशंसा गरेका हुन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको आफ्नै कार्यालयमा सुरु भएको घुम्ती राहदानी तथा कन्सुलर शिविरबाट सेवालीन आएका प्रवासी नेपालीहरुले एनआरएनए माल्टाले सहज तरिकाले लामो समय देखि राहदानी नवीकरण लगायतको माल्टामै सेवालीने व्यवस्था गरेकोमा खुसी हुँदै उनीहरुले एनआरएनए माल्टाको प्रशंसा गरेका छन् ।

नेपालको चितवन घर भएका र हाल रोजगारीको सिलसिलामा माल्टामा बस्दै आएका माधव कणेलले आफू पासपोर्ट नवीकरणको सेवालीन आएको र माल्टामै बसेर सेवालीन पाउँदा धेरै खुसी लागेको बताए । स्पेनजाँदा खर्च धेरै हुने थियो तर माल्टामै सेवालीन पाउँदा समय र पैसाको बचत भएको भन्दै एनआरएनए माल्टालाई धन्यवाद् दिदै प्रशंसा गरेका छन् ।

त्यसैगरी नेपालको मोरङ घर भएकी र हाल माल्टामा बस्दै आएकी मुना लकान्द्रीले माल्टामा सेवादिने व्यवस्था गरी एनआरएनए माल्टाले धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरेकी छन् । घुम्ती राहदानी तथा कन्सुलर शिविरबाट सेवालीन आएका सबै सेवाग्राहीले लामो समयदेखि माल्टामा एनआरएनए विवादका कारण घुम्ती राहदानी तथा कन्सुलर शिविर संचालन हुन नपाउँदा हामीहरु धेरै समस्यामा थियौ । विवादको समाधान भई रोशन गिरीको अध्यक्षतामा बनेको एनआरएनले शिविर संचालन गरेकोले खुसी लागेको भन्दै उनीहरुले प्रशंसा गरेका छन् ।

एनआरएनए माल्टाका अध्यक्ष रोशन गिरीले माल्टामा पासपोर्ट नवीकरण लगातका कन्सुलर सेवालीन नपाएर धेरैले समस्या भोगेका थिए । माल्टामा घुम्ती राहदानी तथा कन्सुलर शिविर संचालन गर्न पाउँदा खुसी लागेको भन्दै स्पेन स्थित नेपाली राजदूतावास र माल्टामा सहयोग गर्ने सबैलाई धन्यवाद् दिएका छन् । आज पहिलो दिन पार्सपोर्ट नवीकरणको सेवा करिब ८३ जनाले लिएका छन भने १८ जनाले कागजात प्रमाणीकरणको र १५ जनाले पुरानो पासपोर्ट लगेको अध्यक्ष गिरीले बताए ।

माल्टामा सेवादिन स्पेनबाट आएका कार्यबाहक राजदूत पुरक अधिकारीले राहदानी नवीकरण, कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा दिएको बताए । एनआरएनए माल्टाले व्यवस्थित रुपमा सेवादिने वातावरण मिलाएकोमा कामगर्न सहज भएको उनले बताए । संस्थाका वरिष्ठ उपाध्यक्ष निरज श्रेष्ठले सेवाग्राहीलाई सेवादिने राम्रो व्यवस्था मिलाएको बताए । महासचिव विरोजंग पाण्डेले माल्टाबाटै सेवालीन पाउँदा सेवाग्राही धेरै खुसी भएर एनआरएनए माल्टालाई धन्यवाद् दिएको बताए ।

 

Share:

सम्बन्धित समाचारहरू