गैंडाको खागको तस्करीमा पक्राउ परेका व्यक्तिहरु सार्वजनिक

Share:

नोभेम्बर ,३०
चितवन निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग कसराले गैँडाको खाग तस्करको आरोपमा  संलग्न रहेको  आठ जना आरोपितलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।  कसरा विभागमा रहेको केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको समन्वयमा नेपाली सेना, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र चितवन राष्ट्रिय निकुञ्जको सक्रियतामा उनीहरुलाई पक्राउ गरिएको हो ।

विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाका अनुसार पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खाती रहेका छन् । उनलाई मङ्सिर ९ गते चितवनको राप्ती नगरपालिका–६ बाट पक्राउ गरिएको हो । उनी गैँडाको खाग बिक्री वितरण गर्ने मुख्य योजनाकार रहेको महानिर्देशक ढुङ्गानाले बताउनुभयो ।

त्यसै गरि  चितवनको राप्ती नगरपालिका–११ ठाकलटार बस्ने ४२ वर्षीय पासाङ भन्ने आइतेसिंह मोक्तान , मकवानपुर राक्सिराङ गाउँपालिका–९ घर भई हाल हेटौँडा उपमहानगरपालिका–४ बस्ने ४४ वर्षीय शमशेर थिङ

गैँडा मारी खागको बिक्री गर्ने मुख्य योजनाकारका रुपमा मनहरी गाउँपालिका– ६ का ५६ वर्षीय थिङ बाजे भन्ने सीताराम , रोल्पाको सुनछहारी गाउँपालिका–६ फगाम घर भई हाल हेटौँडा उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय अर्जुन रोका , गोरखा बारपाक घर भई भरतपुर महानगरपालिका–११ लामा टोल बस्ने ७७ वर्षीय घले भन्ने धनबहादुर गुरुङ, चितवनको राप्ती नगरपालिका–११ थाकलटार बस्ने ४० वर्षीय उनबहादुर स्याङतान, मकवानपुरको मनहरी नगरपालिका–७ ज्यामिरे घर भई हाल चितवनको माडी नगरपालिका–९ बाँदरझुला बस्ने ५६ वर्षीय स्याङ्बो भन्ने इन्द्रबहादुर तामाङलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।

पक्राउ परेकाको साथबाट दुई थान गैँडाको खाग, भरुवा बन्दुक एक थान, बिँड नभएको बञ्चरो एक थान, कालो झोला, चक्कु, भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, गुलेली, टर्च लाइट, डिक्ची, पटका बारुद, दुई थान मोटरसाइकल लगायतका सामग्री बरामद गरिएको छ ।

पत्रकार सम्मेलनमा ढुङ्गानाले  संरक्षित वन्यजन्तुको चोरी शिकारलाई विभागले गम्भीर रुपमा लिएको भन्दै अझै कडाइका साथ अगाडि बढ्दै जाने बताएका छन् ।

Share:

सम्बन्धित समाचारहरू