स्वदेशमानै केही गरौ भन्ने सबै नेपाली युवाहरु चाहाना हुँदाहुँदै पनि बिदेशिनु हामी नेपालिको लागि बाध्यता बनिरहेको छ। यो बाध्यताले न कलाकारलाइ रोक्न सक्यो न खेलाडिलाइनै नत विशेषज्ञहरुलाइनै । सुनौलो भबिस्यको खोजी गर्दै बिदेशीने नेपालिको वृद्धि दिनदिनै बढिरहेको छ। यहीँ शिलशिलामा कोहि खाडी रास्ट्रमा कोहि अस्ट्रेलिया कोहि अमेरिका तिर भने कोहि युरोप तिर
यहि शिलशिलामा माल्टामा पनि अहिले थुप्रै नेपालिहरु छन माल्टालाइ कर्मथलो बनाउने क्रममा यहाँ कोहि खेलाडीहरु कोहि कलाकार कोहि पत्रकार ,बिधार्थी व्यबसायी, ईन्जिनियर छन।आफ्नोत्यस्तै माल्टामा उदाएको अर्को ब्यान्ड हो NSM BAND nepalese society malta band जुन ब्यान्डले दशैमा ओर्फिम थ्रीयटरमा नेपाली समाज माल्टाले गरेको कार्यक्रममा आफ्नो उत्कृष्ट प्रस्तुती दिसकेको छ। नेपालिहरुको धेरैनै चाडबाडहरु रहेका छन हरेक चाडबाड मनाउन नेपाल देखि कलाकार बोलाएर मनाउनुपर्ने बाध्यतालाइ अन्त्य गर्न र लाइभ म्युजिक को माध्यमबाट मनोरञ्जन प्रदान गर्नका लागि नेपाली_समाज_माल्टा ले स्थापना गरेको हो। यो ब्यान्डमा प्रमुख गायक को रुपमा ऋषब गुरुङ्ग,रोशन तामाङ्ग,ज्ञान बहादुर लामा,सुमन राइ रहेका छन ।त्यस्तै प्रमुख गितारिस्टको रुपमा सुनिल लामा छन भने सहायक गितारिस्टको रुपमा गायकदोय ऋषभ गुरुङ्ग र सुमन राइले सघाउने छन ड्रमरको रुपमा गौरभ राई रहेका छन। ब्यान्डको मेनेजरको रुपमा पनि गौरभ राई नै रहेका छन । सङ्गीत सङ्गप्रतिको आफुहरुको झुकाब धेरै भएको र नेपाली समाज माल्टाले यो अवशर दिएको प्रती सबैजनाले खुसी ब्यक्त गरे साथै सङ्गितको माध्यम बाटसमाज सेवामा जोडिन पाउनु गर्भको कुरा रहेको समेत बताउछन गौरभ राई । आगामी दिनहरुमा अवसर पाए माल्टा भन्दा बाहिर गएर पनि प्रस्तुती दिनलाइ आफुहरु तयार रहेको समेत बताउछन । हाल तामाङ्ग समाज माल्टाले आयोजना गर्न लागेको सोनाम लोछारमा पनि आफ्नो प्रस्तुती रहने साथै नेपाली समाज माल्टाले आयोजना गर्ने नेपाली नयाँ बर्षको कार्यक्रमको लागि समेत तयारी सुरु गरिसकियको बताउछन। इच्छा,चाहना,उद्देश्य मारेर बिदेशिनु हामी आम नेपालिको लागि सामान्य कुरा भैसक्यो। तरपनी आफ्नो मनमस्तिस्कमा भएको आफ्नो इच्छा चाहानालाइ दब्न नदिनकालागी स्वतस्फुर्त रुपमा लाग्नु सामान्य भएपनी माल्टामा भनेकला सङ्गीत छेत्रमा इच्छा चाहाना भएका युवाहरु अहिले आएर आफ्नो प्रतिभा लुकाउन हुदैन खेर जानुदिनु हुन्न भनेर जुटेर अगाढी बढिरहेका छन। जस्को ज्वलन्त उदाहरण माल्टामा ३ ब्यान्ड स्थापना भै नेपाली समुदायलाइ सङ्गितको माध्यमबाट मनोरञ्जन दिदै आईरहेको छ। २०२३मा बिजय परियार र उनका साथिहरु मिलेर स्थापना गरेका नेपाल माल्टा ब्यान्ड(NMB BAND )हामी नेपाली अहिले कर्मका लागि माल्टामा भएकोले दुइटै देशको नाम लियर नाम राखिएको बताउछन। यो ब्यान्डमा प्रमुख गायकको रुपमा सागर , सहायक गायकको रुपमा बिजय लामा,प्रमुख गितारिस्टमा सफल सुनार त्यसैगरी ड्रमरमा प्रकाश श्रेष्ठ अनि ब्यान्ड मेनेजरको रुपमा गगन पोखरेल रहेका छन।अवशर पाएको खण्डमा माल्टामा मात्र नभएर युरोप भरी रहेका नेपालिहरुलाइ लाइभ म्युजिकको माध्यमबाट मनोरञ्जन प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिएकाछन साथै ब्यान्डले चाडैनै आफ्नै गितहरुपनी निकाल्ने योजना बनाइरहेको समेत बताए ब्यान्डका फाउन्डरले।यसरिनै ब्यान्ड स्थापना हुने क्रममा भर्खरै स्थापना भएको छ श्री ५ ब्यान्ड यो ब्यान्डमा ७ जना रहेका छन।
प्रमुखमा सुनिल अधिकारी ,करण कार्की र कुवेर कोईराला त्यसैगरि
प्रमुख गिटारिस्ट विरेन तामाङ्ग,
प्रमुख गायकको रुपमा कृष्ण नेपाली
ड्रममा पवन कार्की
बेस गिटारीस्ट रोहित आफुभित्र रहेको प्रतिभालाइ गुम्साएर राख्नु भन्दा प्रस्पुटित गर्नु राम्रो हो । यस्ले हामिलाइ र सङ्गित मनपराउने हरुमा मनोरञ्जन दिनेछ । भर्खरै स्थापना भएपनि राम्रो गर्दै आइरहेको र अझ आगामी दिनहरुमा राम्रो गर्दै लाने समेत जानकारी गराए