नयाँ नेतृत्व सहित माल्टा नेपाल अनलाइन पुनः संचालनमा

Share:


नयाँ नेतृत्व सहित माल्टा नेपाल अनलाइन पुनः संचालनमा आउने भएको छ । विगत केही समयदेखि प्राविधिक कारणले रोकिएको माल्टा नेपाल अनलाइन मंसिर १६ गते आइतबार देखि नयाँ नेतृत्व सहित पुनः संचालनमा आएको हो।

विदेशमा रहेका नेपालीहरूको भोगाइलाई उजागर गर्दै आएको यस अनलाइनको सम्पादकीय मण्डल अन्र्तगत सम्पादकमा पत्रकार धनराज अविरल चयन भएका छन् । प्रधान सम्पादकमा पत्रकार प्रकाश बगाले र बजार व्यवस्थापनमा दिनेश कार्कीलार्ई पुनः चयन गरिएको छ भने मूख्य संवाददातामा शिशिर जनाल चयन भएका छन् ।

यस माल्टा नेपाल अनलाइनले प्रवासी नेपालीका पक्षमा विगतमा समाचार सम्प्रेषण गर्दै आएको र प्राविधिक कारणले रोकिएको अनलाइन अबका दिनमा निरन्तर संचालनमा हुनेछ ।
स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको समस्याका बारेमा समाचार लेख्दै सरोकार पक्षलाई जिम्मेवार बनाउँदै आएको यस अनलाइनले अबका दिनमा थप जिम्मेवार भएर पत्रकारिता गरिने सम्पादक धनराज अविरलले बताए ।

नेपाली समुदायलाई एक आपसमा जोड्दै उनीहरुका समस्यालाई प्रभावकारी ढंगले उजागार गर्नमा दत्तचित्त भएर लाग्ने प्रधान सम्पादक प्रकाश बगालेले बताएका छन् । विगतका दिनमा यहाँहरुको उत्साहजनक साथ र सहयाग रहेको सम्झदै आगामी दिनमा पनि थप साथ सहयोग र सुझावको अपेक्षा रहने उनी बताउँछन् ।

Share:

सम्बन्धित समाचारहरू