माल्टामा दोस्रो ‘खुकुरी कप ७–ए–साइड २०२५’ फुटबल प्रतियोगिता आयोजना हुँदै

Share:

माल्टा नेपाल अनलाइन डेस्क / खुकुरी फुटबल क्लब माल्टाले दोस्रो ‘खुकुरी कप ७–ए–साइड २०२५’ फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ। माल्टाको मोस्टा फुटबल मैदानमा सेप्टेम्बर २० तारीख शनिबारका दिन हुने प्रतियोगितामा माल्टामा रहेका नेपाली क्लबहरु बीच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

प्रतियोगितामा विजेताहरूका लागि आकर्षक पुरस्कार व्यवस्था गरिएको छ। पहिलो स्थान हासिल गर्ने टोलीले €2051 प्राप्त गर्नेछ भने दोस्रो स्थानको टोलीले €1251 पुरस्कार पाउनेछ। साथै, सर्वश्रेष्ठ गोलरक्षक, सर्वश्रेष्ठ खेलाडी तथा सबैभन्दा बढी गोल गर्ने खेलाडीका लागि विशेष पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन प्रवेश शुल्क €251 राखिएको छ। प्रतियोगिताको संयोजन भने खुकुरी फुटबल क्लबका म्यानेजर अनिल रानाले गरेका छन् । थप जानकारीका लागि (९९९३४५८६) (७७९०२६३२) र (७७९४०६०५) फोन नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।

 

Share:

सम्बन्धित समाचारहरू