यो मन त नेपाली हो भन्दै माल्टाका नेपालीहरु दशैमा रमाए

Share:

माल्टामा रहेका नेपालीहरुले रमाइलो सहित दशै पर्व मनाएका छन् । नेपाली समाज माल्टाले आयोजना गरेको दशै धमाका कार्यक्रममा सहभागि बनेर दशै मनाएका हुन् । वर्षैमा दिनमा लैलै, हर्षका दिनै लै लै, छातिमा मेरो यो छोटो भोटो, यो मन त मेरो नेपाली हो, फर्कि फर्कि नहेर मलाई, हिमाली नेपाली जस्ता गीतहरुमा प्रवासी नेपालीहरु रमाएका छन् ।
नेपलीज सोसाइटी व्याण्ड, नेपाल माल्टा व्याण्ड, ¥यापर एलिसा रावल लगायतले गीतहरु प्रस्तुत गरेका थिए । जिरास्गिथ अफ्रिम थिएटरमा भएको दशै धमाका कार्यक्रममा वी बोइङ डान्स, मगर, तामाङ समुदायको मौलिक नृत्यहरु, बाल कलाकार सेड्रिना भण्डारीको आकर्षक नृत्य देखाइएको थियो । सांस्कृतिक कार्यक्रम पहिले टिका ग्रहण कार्यक्रम भएको थियो ।
पण्डीत मोहनप्रसाद बराल (शास्त्री) मार्फत नेपालीहरुले टिका, जमरा लगाएका थिए ।

नेपाली समाज माल्टाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक तेजबिक्रम खड्काले नेपाली कला, संस्कृति जगेर्नाका लागि गरिएको कार्यक्रम सफल भएको बताए । नेपाली समाज माल्टाको आयोजनामा भएको कार्यक्रमको सहआयोजकका रुपमा लजिज फ्युजन हाउस, सांग्रिला रेष्टुरेण्ट एण्ड बार रहेका थिए ।

माल्टा नेपाल अनलाईन मिडिया पार्टनर रहेको थियो । एकैसाथ रहेर दशै मनाउन पाएकोमा माल्टामा रहेका नेपालीहरु खुशी बनेका थिए । नेपाली पर्वहरु सँगै मनाउने वातावरण बनाउन लागिपर्ने नेपाली समाज माल्टा लागिपर्ने अध्यक्ष दिनेश कार्कीले बताए ।

Share:

सम्बन्धित समाचारहरू