माल्टामा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुँदै

Share:

पूर्वाञ्चल प्रवासी समाज माल्टाको आयोजनामा अन्तर माल्टा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । डिसेम्बर २२ तारीखबाट भलिबल प्रतियोगिता आयोजना हुन लागेको पूर्वाञ्चल प्रवासी समाज माल्टाका अध्यक्ष अम्बर बिष्टले जानकारी दिएका छन् ।

माल्टाको बिरर्किकारामा हुन लागेको भलिबल प्रतियोगिताका लागि पुरुष खेलाडीबाट १ सय ५० युरो लिएर खेलका टिमहरु दर्ता गर्ने काम भइरहेको छ । महिला खेलाडीहरुको टिम निशुलक दर्ता गर्ने व्यवस्था गरेको सह–सचिव कर्ण कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

स्वस्थ जीवन र खेल क्षेत्रको विकासका लागि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको भलिबल प्रतियोगिताका संयोजक रामप्रसाद राईले बताएका छन् । रोजगारीको शिलशिलामा माल्टा आएका आप्रवासी नेपाली लगायत माल्टाका खेलाडीहरुले पनि प्रतियोगितामा भाग लिन पाउने भएका छन् ।

पुरुषतर्फ प्रथम हुनेलाई पुरस्कार राशी १ हजार १ युरो, शिल्ड, मेडल तथा प्रमाणपत्र रहेको छ भने दोस्रो हुनेलाई ६ सय १ युरो, शिल्ड, मेडल तथा प्रमाणपत्रको व्यवस्था गरेको अध्यक्ष अम्बर बिष्टले बताए । त्यसैगरी महिलातर्फ प्रथम हुनेलाई २ सय युरो, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बिष्टले बताएका छन् । अन्तर माल्टा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताले नेपाल र माल्टा बीचको सम्बन्ध थप बलियो भएर जाने बताइएको छ ।

Share:

सम्बन्धित समाचारहरू