अक्टोबर- ३१ / माल्टा
युरोपको माल्टामा नेपालका २५ वर्षीया मधु सापकोटालाई माल्टामा तीन बर्षको जेल सजाय सुनाइएको छ ।
माल्टाको सेन्ट पल्स वे मा जुलाई २७ दिउँसो ३ बजे ७४ वर्षीया महिलालाई हातपात र पर्स चोरी गरेको अभियोगमा माल्टा प्रहरीले नियन्त्रणमा लिएको थियो । आज माल्टाको अदालतले सापकोटालाई तीन वर्ष जेल सजाय सुनाइएको टि भि एम न्युजमा समाचार छ ।
एक वृद्ध महिलाले प्रहरीलाई उजुरी दिएपछि प्रहरीले सीसीटीभी फुटेजको आधारमा सापकोटाको पहिचान गरेको थियो । सापकोटा आफुले गरेको आरोप स्वीकार गर्दै आफ्नो कार्यप्रति खेद प्रकट गरेका थिए । सजाय सुनाउँदै मजिस्ट्रेट जो मिफसुदले वृद्धहरूलाई पूर्ण सुरक्षा दिनु हामी सबैको आवश्यक रहेको बताए।