एनआरएनएबाट क्रिकेट टोलीलाई १० लाख सहयोग

Share:

जनवरी,२०
काठमाडौं / गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाली क्रिकेट टोलीलाई रु १० लाख सहयोग गरेको छ । टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई एनआरएनएको मुख्यालय बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त रकम प्रदान गरिएको हो ।

सङ्घले नेपाली भलिबल राष्ट्रिय टिमलाई रु आठ लाख, छैटौँ एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताका लागि रु दुई लाख ५० हजार, पोखरा म्याराथनका लागि रु सात लाख ५० हजार र एनआरएनए इलाम गोल्ड कपका लागि रु पाँच लाख आर्थिक सहयोग गरेको सङ्घका अध्यक्ष बद्री केसीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
सङ्घले धनगढीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रु एक करोड २५ लाख बराबरको अक्सिजन प्लान्ट स्थापना स्थापना गरेको छ ।

एनआरएनए माल्टाका निवर्तमान अध्यक्ष,आइसिसी सदस्य एवम् युरोप सचीव भुवन अर्यालले युरोपको माल्टाबाट समेत नेपालीहरुले क्रिकेट लगाएतका खेलमा माल्टाको नेशनल टिममा रहेर खेल खेलिरहेका हुँदा यस्ता लोकप्रिय खेलहरुलाई प्रोत्साहन गर्न एनआरएनको आयोजनामा युरोपबाट खेलकुदको कार्यक्रम गरिने र नेपाल क्रिकेट एसोसिएसन (क्यान)लाई आमन्त्रण गरिने बताए । उनले अवसर नपाएर बिदेशीएका खेलप्रेमी नेपालीहरुलाई समेत एनआरएनएलेअवसर प्रदान गर्ने बाटो बनाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा वैदेशिक रोजगारीका संगठनका कङ्गोमा निधन भएका डोटी स्थायी घर भएका सुरेश सिल्लाको परिवारको रु २६ लाख ६१ हजार आर्थिक सहयोग गरेको समेत जानकारी दिइएको थियो ।

Share:

सम्बन्धित समाचारहरू