माल्टा नेपाल अनलाइन डेस्क / रोजगारीको सिलसिलामा युरोपको माल्टामा रहेका आप्रवासी नेपालीहरुले भोग्दै आएका पासपोर्ट नवीकरण लगायतका समस्या समाधानका लागि अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले ध्यानाकर्ष पत्र बुझाएको छ । पौष २९ गतेका दिन सेफ सोसाइटी माल्टाका सचिव श्याम भण्डारीको नेतृत्वमा गएको टोलीले नेपाली राजदुतावास माड्रिड, स्पेनमा ध्यानाकर्षण पत्र बुझाएको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका अध्यक्ष बासुदेव भुसालले बताए ।
ध्यानाकर्षण पत्रमा पासपोर्ट नवीकरणको समस्या, नयाँ पासपोर्ट जारी, हराएको वा च्यातिएको पासपोर्ट लगायतका अन्य समस्या भोगीरहेकोले समस्या समाधानका लागि घुम्ती शिविर संचालनका लागि अनरोध गर्दै ध्यानाकर्षण पत्र बmुाएको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका सचिव श्याम भण्डारीले बताए । आफू सहित संस्थाका सदस्य टिकाराम न्यौपाने र पर्शुराम अधिकारी राजदूतावासमा गएर ध्यानाकर्षण पत्र बुझाएको भण्डारी बताउँछन् ।

माल्टा सरकारको कानूनी प्रक्रिया पूरागरी भर्रखरै आधकिारिक रुपमा माल्टामा दर्ता भएको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले पहिलो काम माल्टामा रहेका नेपालीहरुले भोग्दै आएको समस्या समाधानका लागि घुम्ती शिविर संचालनका लागि नेपाली राजदूतावासलाई अनुरोध गर्दै ध्यानाकर्षण पत्र मार्फत दूतावासको ध्यानाकर्षण गराएको संस्थाका वरिष्ठ उपाध्यक्ष बावु अर्यालले जानकारी दिएका छन् । नेपाल सरकारले विदेशमा आफ्ना नागरिकले भोगेका समस्या समाधानका लागि पहल गर्दै सरकारले दायित्व पूरागर्नु पर्नेमा अर्यालले जोड दिएका छन् ।
अति आवश्यक कागजपत्रकै लागि माल्टाबाट स्पेन राजदूतावाससम्म धेरै खर्चिलो यात्रा गर्नुपर्ने बाध्यता, कार्यस्थलबाट बिदालीन कठिनाइ, समयको अभाव जस्ता समस्याले उनीहरुको रोजगारी, बसोबास अनुमती तथा दैनिक जीवनमा प्रत्यक्ष र गम्भीर असर परेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको महासचिव सुन्दर घिमिरेले बताए ।
ध्यानाकर्षण पत्र बुझेपछि नेपाली राजदूतावास माड्रिड, स्पेनले कार्यालयको नियमानुसार अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाको ध्यानाकर्षण पत्रलाई दर्ता गरी घुम्ती शिविर संचालनका लागि नेपाल सरकारसँग आवश्यक पहल गरी सेफ सोसाइटी माल्टासँग समन्वय गर्ने दूतावासले बताएको छ ।



