दशैँ फुटबल प्रतियोगितामा नाम दर्ता गर्न खुकुरी क्लब माल्टाको अनुरोध

Share:

नेपालीको महान पर्व विजया दशमीको अवसरमा खुकुरी क्लब माल्टाले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अक्टोबर २१ र २२ तारिखमा सञ्चालन हुने प्रतियोगिाका लागि आफ्नो संस्था वा क्लबको नामावाली अक्टोबर १९ सम्म दर्ता गराउन आयोजक क्लबले अनुरोध गरेको छ ।प्रतियोगितामा प्रथम पुरस्कार युरो दुई हजार पाँच सय र दोश्रो पुरस्कार युरो एक हजार पाँच सय नगद, ट्रफी र प्रमाणपत्र दिइने क्लबले जनाएको छ । उत्कृष्ट खेलाडी र बेस्ट स्कोररलाई मेडल तथा प्रमाणपत्र एवं उत्कृष्ट गोल रक्षकलाई आकर्षक पुरस्कार दिइने खुकुरी क्लब माल्टाका खेलकुद संयोजक सुमन लिम्बूले जानकारी दिनुभयो ।

Share:

सम्बन्धित समाचारहरू