अप्रिल-१६,हाम्रुन
माल्टाको एम्सिदामा रहेको नमस्ते नेपाल मिनि मार्केटले आफ्नो शाखा हाम्रुन शहरमा बिस्तार गरेको छ ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाका अध्यक्ष रेमलाल खनालले रिवन काटेर मिनि मार्केटको उद्घाटन गरेका हुन् ।
मार्केटको उद्घाटन गर्दै अध्यक्ष खनालले माल्टामा नेपालीहरुको पहिलो मार्केट नै यस् मार्केट रहेको भन्दै हरेको नेपालीहरुको चाडपर्व,कला संस्कृतिसंग सम्बन्धित बस्तुहरु यस मार्केटमा पाइने बताए । समस्त माल्टाबासी नेपालीहरुको चाहाना अनुसार जस्तोसुकै परिस्थितिमा पनि सामान उपलब्ध गराउने हुँदा सम्पुर्ण नेपालीहरुलाई सामान किन्न आग्रह गर्दै खुशी व्यक्त गरे । उनले आगामी दिनमा अझै ग्राहकलाई सन्तुष्टि दिदै नेपालीहरुको सुखदुःखमा साथ दिन समेत अनुरोध गरेका थिए ।
नेपाली सामानहरु पाइने यस मार्केटले माल्टामा नेपालीहरुको चाप बढेसगै नेपालीहरुलाई सहज र सुलभ हुने हेतुले शाखा बिस्तार गरिएको नमस्ते मिनि मार्केटका संचालक राजु अर्याल( बाबू)ले जानकारी दिए ।
एम्सिदामा बिगत ४ बर्षदेखि अनवरत नेपाललाई चिनाउदै नेपाली खाद्यान्न र नेपालीपन झल्कने बस्तुहरु बिक्रीवितरण गर्दै आएको नेपाली मार्केटले अब हाम्रुन शहरबाट समेत सेवा दिने हुँदा सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सर्व सुलभ मुल्यमा सामान उपलब्ध गराइने र होम डेलिभरीको समेत सुबिधा दिइने नमस्ते नेपाल मिनि मार्केटका संचालक भुवन अर्यालले जानकारी दिएका छन् । उक्त समारोहमा माल्टामा रहेका विभिन्न संघसस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।