माल्टामा निशुल्क डेलिभरी सेवा दिदै नमस्ते नेपाल मिनीमार्केट

Share:

 

माल्टानेपाल अनलाइन

हाम्रुन / माल्टामा रहेको नमस्ते नेपाल मिनीमार्केटले माल्टाबासी नेपाली लगाएत सम्पुर्णलाई  निशुल्क होम डेलिभरी सेवा सुरु गरेको छ । माल्टाको एमसिदा र हाम्रुन सहरमा संचालनमा रहेको नमस्ते नेपाल मिनि मार्केट माल्टाले आफ्ना ग्राहकहरुको सजिलोको लागि निशुल्क डेलिभरी सेवा सुरु गरेको नमस्ते नेपाल मिनीमार्केटका संचालक  बाबु अर्यालले जानकारी दिए ।

विगत ५ वर्षदेखि मिनि मार्केट संचालन गर्दै आएका नेपालको गुल्मी घरभएका दाजुभाइ  बाबु र भुवन अर्यालले नमस्ते नेपाल मिनीमार्केट माल्टाबाट ग्राहकहरुलाई सर्वसुलभ रुपमा ग्राहकको चाहाना र माग अनुसार डेलिभरी सेवा दिन लागिएको संचालक अर्याल बताउँछन्  ।

आफूलाई चाहिने आवश्यक सामानहरु डेलिभरी गर्न हाम्रुनका लागि संचालक बाबू अर्यालको +३५६ ७७७८४३५१ र बिन्दु अर्यालको मोबाईल नम्बर +३५६ ७७६४४४४१ मा सम्पर्क गरी डेलिभरीका लागि सामान अर्डर गर्न सकिने नमस्ते नेपाल मिनीमार्केट माल्टा एमसिदाका संचालक भुवन अर्यालले बताए । एमसिदाको लागि आफ्नो मोबाईल नम्बर +३५६ ९९३८४४७८ मा सम्पर्क गरी डेलिभरी सेवा लिन सकिने उनले बताएका छन् । ७० युरोभन्दा माथिको सामान अर्डर गरेपछि मात्र निशुल्क डेलिभरी सेवा प्रदान गर्न सकिने अर्यालले जानकारी दिएका छन् । ग्राहकहरुको छिटो छरितो सेवाका लागि नमस्ते नमस्ते नेपाल मिनीमार्केट माल्टा सधैं गुणस्तरीय सेवादिन तयार रहेको विन्दु अर्याल बताउछिन् ।

प्रवासमा कामगर्न आएका नेपाल लगायत अन्य देशका नागरिकहरु काममा धेरै व्यस्त रहने र उनीहरुको व्यस्ततामा समयको सदुपयोग संगै सहजताहोस् भन्नका लागि (होम डेलिभरी) कोठामै सामान पुगाउने गरी सेवासुरु गरेको बाबू अर्याल बताउँछन् । ५ वर्षअघि सामान्य लगानीबाट एमसिदामा सुरु गरेको नमस्ते नेपाल मिनीमार्केटको व्यवसाय फस्टाउदै गएपछि हाम्रुन सहरमा बस्ने नेपालीको सजिलोको लागि नमस्ते नेपाल मिनि मार्केटको यतिबेला शाखा विस्तार गरेको अर्यालले बताए । नमस्ते नेपाल मिनीमार्केट माल्टालाई माया गर्ने सबैलाई अर्याल दाजुभाइले धन्यवाद् दिएका छन् ।

माल्टामा रहेका नेपालीको माग अनुसार पूजाका सम्पूर्ण सामान फूलका माला, दियो नेपाली ढाँकाटोपी, राष्ट्रिय झण्डा, नेपाली खकुरी, खादा, दोसल्ला, रुदराक्षको माला र ब्याच मार्केटले उपलब्ध गराउँदै आएको छ । त्यसैगरी फापरको पिठो, मस्ताङको चामल, जुम्लाको मार्सि चामल, बासमती चामल, थकाली मुस्ताङ दाल, मकैको च्याख्ला, सातु, आलु निम्ली, पापड, नेपाली चिउरा, नेपाली चाउचाउ, अकबरे खुर्सानी र टिमुरको अचार, तामाको अचार, पानीपुरी, सिन्की, सिमिको दाल, सुकुटी, नेपाली उत्पादन अचार, मयुरका प्वाँख लगायतका सामानहरु उपलब्ध गराउँदै आएको विन्दु अर्यालले बताईन् ।

 

नमस्ते नेपाल मिनीमार्केटको सेवाबाट एमसिदा र हाम्रुनमा बस्ने नेपालीहरु खुसी भएको सुदूरपश्चिम सेवा समाज माल्टाका महासचिव शिशिर जनालले बताए । @रोजगारीको शिलशिलामा ६ वर्षदेखि हाम्रुन सहरमा बस्दै आएका जनालले मार्केटले राम्रो सेवादिदै आएको उनको भनाइ छ ।

आफूले नियमित रुपमा नेपाली उत्पादनका सामानहरु उपयोग गर्दै आएको हाम्रुनमा रहेको मार्केटका नियमित ग्राहक लक्षु गिरीले बताए । नेपालबाट युरोपमा नेपाली सामान ल्याएर सेवा प्रदान गरेकोमा खुसी लागेको भन्दै अर्याल परिवारको व्यवहार र कामको गिरीले प्रशंसा गरे । निशुल्क डेलिभरी सेवाले प्रवासी नेपालीलाई थप सहजता मिल्नेछ उनले भने।

 

Share:

सम्बन्धित समाचारहरू