माल्टा नेपाल अनलाइन रोजगारीको लागि नेपालदेखि युरोपको विकसित मुलुक माल्टा पुगेका पत्रकार तथा युवाको समूहले सञ्चालनमा ल्याएको अनलाइन पोर्टल हो ।
यो पोर्टल विसं २०८० असोज ७ गते ( २०२३ सेप्टेम्बर २४) देखि औपचारिक रुपमा सञ्चालनमा छ । हामी परदेशको भूमिमा पसिना बगाएर भएपनि सच्चा पत्रकारिता गर्दै जनतालाई सहि खबर पस्किरहन्छौँ । विज्ञान, प्रविधिको विकासले विश्वका गतिविधि हातबाटै हेर्न, सुन्न, पढ्न मिल्ने बनिसकेको छ । एकछिन पनि सूचना पाउने माध्यमबाट टाडै बस्न सकिदैन । हामी परदेशदेखि घरदेशसम्म सत्य, तथ्य प्रस्तुत गर्छौँ ।
सुन्दर समुन्द्रले घेरिएको माल्टा, हिमालको चुचुराहरुले सजिएको नेपाललाई जोड्छौँ । नेपाल र नेपालीको हितमा निरन्तर लाग्छौँ । हाम्रा पाठक, दर्शकप्रति बाहेक अरु कसैप्रति हामी उत्तरदायी छैनौँ । सही सूचनाका लागि हामीलाई गर्नुभएको विश्वासप्रति आभारी छौँ ।