नेपालका सुपरस्टार तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी माल्टा आउने भएका छन् । व्लु हर्ष इन्टरटेन्मेन्ट संस्थाको उद्घाटन गर्न केसी आउन लागेका हुन् । अक्टोबर १ तारिख(असोज १४) गते हुने कार्यक्रममा नायिका जिया केशी गायिका सुनिता दुलाल पनि सहभागि हुनेछिन् । एमसिदा जिराको व्ल्याकपल रेष्टुरेन्टमा साँझ कार्यक्रम हुनेछ । व्लु हर्षको उद्घाटन सहित नेपाली चाडहरु दशै, तिहारको शुभकामना आदानप्रदान हुनेछ । गायिका सुनिता दुलालको विशेष प्रस्तुति रहनेछ । व्लु हर्ष इन्टरटेन्टमेन्टले नेपाली कला संस्कृति, भेषभुषा प्रवर्द्धन, नेपाली कलाकारहरुलाई हौसला दिन स्थापना भएको हो । माल्टामा नेपाली कलाकार मार्फत बेलाबखत सांस्कृतिक कार्यक्रम दिदै नेपालीहरुलाइ एकतावद्ध गर्ने लक्ष्य लिएको छ । नेपाली मौलिकतालाई विश्वभर फैलाउन व्लु हर्ष निरन्तर सक्रिय हुने जनाइएको छ ।