एनआरएनए माल्टाद्वारा राहदानी नवीकरण सम्पन्न

Share:

माल्टा, कार्यक्षेत्र  समेत रहेको नेपाली दूतावास यूकेले माल्टा तथा गोजोमा बसोबास रत नेपालीका लागि ३ दिने घुम्ती सेवा सम्पन्न गरेको छ।

एनआरएनए माल्टाको सहकार्यमा नेपाली दूतावास यूकेले अप्रिल १३, १४ र १५ तारिखका दिन घुम्ती शिविरमार्फत माल्टामा आफ्नो सेवा प्रदान गरेको हो।

घुम्ती सेवाबाट १ हजार ५० जनाले राहदानी नविकरण तथा अन्य केहिले महत्वपूर्ण सिफारिसहरूको सेवा लिएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए।

 

घुम्ती सेवालाई सफल बनाउन खटिने दूतावासका कर्मचारी, कार्यसमितिका पदाधिकारी तथा माल्टामा क्रियाशील बिभिन्न सामाजिक संघ संस्थालाई अध्यक्ष खनालले एनआरएनए माल्टाको तर्फबाट धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए।

नेपाली दूतावास युकेका तृतीय सचिव गजेन्द्र राई नेतृत्वको टोलीले त्यहाँ रहेका नेपालीलाई दूतावासको सेवा प्रदान गरेको हो। बेलायत स्थित नेपाली दूतावासको यूके लगायत माल्टा, आयरल्यान्ड समेत देशहरूमा सेवा तथा कुटनीतिक क्षेत्र पर्छ।

Share:

सम्बन्धित समाचारहरू