नोभेम्बर ८
अशिम लोप्चन तामाङ /माल्टा
सगरमाथा ईन्टटेन्टमेन्टमा माल्टामा आयोजना हुन लागेको एक सास्कृतिक कार्यक्रममा सहभागी हुन नेपालका प्रख्यात पप गायक मगोंलियन हर्टका राजु लामा माल्टा आउने भएका छन
यही आउदो नोभेम्बर १८तारिख शनिबारको दिन एम्सिदा स्थित कुलेज फुटबल ग्राउन्ड परिसरमा हुन गैरहेको सास्कृतिक कार्यक्रममा सहभागी हुन गायक लामा यहाँ आउन लागेका हुन।
नेपाली कलासस्कृतीको जगेर्ना गर्दै प्रवासमा रहेका नेपालीलाई आफ्नो देशको मौलिकता तथा आफ्नो पन झल्काउदै माल्टामा रहेका स्थानिय नेपाली कलाकारको प्रबद्दन गर्ने उद्देश्यले आयोजना हुन गैरहेको सो सास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक दिपक पोखरेल जानकारी गराएका छन
‘हिमाल पारीको देश बाट मेरी माया मलाई हेर्दै होलिन’ नामक गिती शब्दमा स्वर सजाएका प्रवासीएकाको ब्यथा तथा ‘भाई टिकामा भेट्न आउनु’ जस्ता माइतीको निम्तो दिदी बहिनीलाई दिएको स्वर सज्जित गायक माल्टामा आउने खबरले यहाँ स्थित युवायुवती हरु आफ्नो कार्यब्यस्तता लाई पन्छाएर कार्यक्रममा सहभागी हुन तयारी गरिरहेको माल्टा नेपाललाई प्रतिकृया दिएका छन।
सो सास्कृतिक कार्यक्रमलाई स-सम्योजक गरिरहेको माल्टामा ख्याती प्राप्त तथा नेपालको राष्ट्रिय स्थानिय कलाकारहरुलाई आफ्नो प्रतिभा प्रस्तुति दिन बिबश लोप्चनले कार्यक्रममा सहभागी भएर भरपूर्ण मनोरन्जन लिन यसै समाचार मार्फत माल्टा प्रवासमा रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी लाई उनले आग्रह गरेका छन। प्रवासमा रहेका नेपालीका लागि आफुहरुले गरेको प्रयास लाई सफल पारीदिन लोप्चनले अनुरोध गरेका छन। कार्यक्रम सम्बन्धी तयारी अन्तिम चरणमा पुगिसकेकोले समयमा नै कार्यक्रममा प्रस्तुति दिन नाम टिपाउन हुन पनि आग्रह गरेका छन साथैकार्यक्रम सम्बन्धी जानकारी लिन कार्यक्रम आयोजकको संपर्क नम्बर दिपक पोखरेल +३५६७९०४१४१७ बिबश लोप्चन +३५६७७०९०४४१ मा गर्न आयोजक सगरमाथा ईअन्टरटेन्टमेन्टले अपिल समेत गरेको छ।