माल्टा- एनआरएनए युरोप युवा संयोजक प्रकाश भण्डारीले माल्टामा उत्कृष्ट लन्ज (रेष्टुरेन्ट) सञ्चालनमा ल्याएका छन् । बुजिबाको इमासल र मेरी बस स्टेप नजिकै द लिफि लन्ज क्याफे एण्ड बार खुलेको छ ।
बगैंचाको झल्को दिने गरि लन्जलाई सजाइएको छ । भण्डारीले नेपालको झल्को दिने गरी पातैपातले सजाएको रेष्टुरेन्ट खोलेका हुन् । गुन्द्रुक, ढिडो, कोदोको रोटी देखि युरोपियन खाना, खाजाका लागि लिफि लन्ज खुलेको हो । सञ्चालक भण्डारीले युरोपियन/एसियन फुड्सहरु उपलब्ध गराइने बताए ।
उनका अनुसार एकसाथ ६५ जनाले खाजा/ खान मिल्ने स्पेश रहेको छ । ब्रेकफास्ट, लन्च, डिनर, बारका लागि स्पेसल रेष्टुरेन्ट बनाएको बताए । म्युजिक सहितको ककटेल, मकटेल्स, वाइन सुविधा पनि रहेको छ ।
नेपाली म:म, चाउमिन, सेकुवा, गुन्द्रुक, ढिडो, माल्टिज स्पेशल बर्गर, पास्ता, ग्रिल ग्राहकको बढी रोजाइमा पर्दै आएको छ । लिफि लन्जभित्र भिआइपी क्याबिन, प्राइभेट स्पेशहरु पनि रहेका छन् ।
वर्थ डे, एनिभर्सरी, मिटिङ, सेमिनार लगायतका गतिविधिहरु गर्ने प्रयाप्त स्पेशहरु रहेका छन् ।
विहानको कफि देखि रातिको खानासम्म सबै सेवाहरु सुरु भएका छन् । लन्जभित्र नेपालीपन झल्काउने झण्डा, बिरताको प्रतिक खुकुरी सजाएर राखिएको छ । भण्डारी १० वर्षदेखि विदेशमा छन् । दुवईमा २ वर्ष स्टोर म्यानेजर काम गरेका उनी सन् २०१६ मा माल्टा
आएका थिए ।
बाग्लुङ गलकोटका भण्डारी माल्टामा सफल व्यवसायीका रुपमा चिनिन्छन् । भण्डारीले एनआरएनए माल्टा स्थापना गर्न योगदान गरेका थिए ।
एनआरएनएको युरोप युवा संयोजकमा नवनिर्वाचित भण्डारी एनआरएनए माल्टाको पूर्व उपाध्यक्ष, वर्तमान सल्लाहकार, नेपाल माल्टा च्यारिटीको अध्यक्ष समेत हुन् ।