प्रवासी नेपालीका समस्या माथी छलफल गर्दै जनप्रगतिशील मञ्च माल्टाको बैठक सम्पन्न

Share:

जनप्रगतिशील मञ्च मााल्टाको बैठक सम्पन्न भएको छ । प्रवासी नेपालीका समस्या माथि छलफल गर्दै डिकेम्बर ८ तारीख आइतबारका दिन बैठक माल्टामा सम्पन्न हो । बैठकमा जनप्रगतिशील मञ्चलाई सक्रिय रुपमा अगाडी बढाउनुका साथै माल्टामा विभिन्न कारणले समम्यामा परेका नेपालीहरुको समस्या समाधानमा सक्दो सहयोग गर्ने विषयमा छलफल भएको जनप्रगतिशील मञ्च मााल्टाका अध्यक्ष कान्छाराम बुढाथोकी (बिनय) ले बताए ।

जनप्रगतिशील मञ्च युरोपका केन्द्रिय सदस्य एवम जनप्रगतिशील मञ्च मााल्टाका निर्वतमान अध्यक्ष नाराण अधिकारीले बैठकमा संगठनलाई मजबुत बनाएर लैजाने विषयमा छलफल भएको बताए । संगठनका केही साथीहरु बीचको असहमतीले संगठनमा समस्या देखिएको थियो । साथीहरुले आआफ्नो कमजोरी स्वीकार गर्दै पदिय जिम्मेवारीको बोधगरी आगामी दिनमा एकभएर संगै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेको अधिकारीले जानकारी दिएका छन् ।

अध्यक्ष, महासचिव र सल्लाहकार बीचको आन्तरिक असहमतीले संगठनमा पारेको असरका बारेमा बैठकमा व्यापक छलफल भएको बताइएको छ । जनप्रगतिशील मञ्च युरोपका केन्द्रिय सदस्य एवम् माल्टाका सल्लाहकार निरन्ज सन्जेल (डीएस) ले विगतका दिनमा देखिएको तिक्तता सबै बैठकमा समाप्त भएको बताएका छन् । नेकपा माओवादी केन्द्र पार्टीलाई बलियो बनाउन सबै एकजुट भएर संगठन निमार्ण र बिस्तारमा लागि माल्टामा रहेका नेपालीको पक्षमा सेवामूलक कामगर्ने प्रतिवद्धता समेत सबैले व्यक्त गरेको डीएसले बताए ।

संगठनका पदाधिकारीको आन्तरिक असहमतीलाई बाहिर ल्याएर संगठनलाई कमजोर बनाउने काम राम्रो नभएको भन्दै आगामी दिनमा यस्ता क्रियाकलाप कसैले पनि गर्न नहुनेमा बैठकमा व्यापक छलफल भएको उनले बताएका छन् । नेतृत्वले सबैलाई समेटेर लैजानु पर्नेमा बैठकमा जोड दिइएको थियो । प्रचण्डको नेतृत्वमा देश र जनताका पक्षमा गरेका राम्रा कामलाई सबैलाई बुझाउने गरी लेखेर बालेर जानकारी गराउने समेत बैठकमा छलफल भएको डीएस बताउँछन् । वर्तमान सरकारले राष्ट्रिय सवतन्त्र पार्टीका सभापती एवम् पूर्व गृहमन्त्री रवी लामीछानेलाई अनुसन्धानका नाममा अन्यायपूर्ण व्यवहार गरेकोमा डीएसले आपत्ति जनाएका छन् ।

बैठककमा पछिल्लो समययमा माल्टामा प्रवासी नेपालीले भोग्दै आएका समस्याको बारेमा पनि छलफल गरेको छ । समस्या समाधानका लागि माल्टामा रहेका विभिन्न सामाजिक संघसंस्था र पार्टीका भातृ संगठनहरुसंग समन्वय गर्दै मिलेर कामगर्नु पर्नेमा सबैले जोड दिएको अध्यक्ष बिनयले जानकारी दिएका छन् । बैठकमा रामकाजी लामीछाने र कमल बहादुर बिकेलाई नयाँ सदस्यता समेत प्रदान गरेको उनले बताए ।

जनप्रगतिशील मञ्च मााल्टाका महासचिव र उपाध्यक्ष सहित २ जना सदस्यले माल्टा छोडेर युरोपका अन्य देशमा गएकोले रिक्त रहेको उक्त पदमा अर्को बैठकमा पदपुर्ती गर्ने निर्णय समेत भएको जनप्रगतिशील मञ्च मााल्टाका उपाध्यक्ष कृष्ण सुवेदी (गाउँले) ले बताए । जनप्रगतिशील मञ्च मााल्टाले प्रवासी नेपालीहरुको हीत हुनेगरीे निरन्तर सामाजिक कामगर्दे जाने सचिव अनन्त भण्डारीले बताएका छन् । जनप्रगतिशील मञ्च मााल्टाले सामाजिक र मानवीय कामगर्दै आएको भन्दै नेपालका बाढीपहिरो पीडितलाई केही समय अगाडी १ लाख सहयोग गरेको सचिव भण्डारीले बताए ।

 

 

 

 

 

Share:

सम्बन्धित समाचारहरू