लुबेन / तमु धीं बेल्जियमद्वारा २६०८ औ तमु ल्होछार बेल्जियमको लुभेनमा मनाइएको छ ।
गत बुधबार आयोजित तमु ल्होछार गरुड वर्ग कार्यक्रममा प्रमुख अतिथी बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारीले गुरुङ तमु समुदायको महान चाड ल्होछार नेपालको सम्पदा भएको उल्लेख गर्दै सबैलाई ल्होछारको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बिशेष अतिथीद्वय एनआरएनए बेल्जियम अध्यक्ष सिता सापकोटा , नेपाल आदिबासी जनजाति महासंघ बेल्जियम अध्यक्ष बिरमान मगर, नेकपा विप्लब युरोप अध्यक्ष बिष्णु भुजेल , नेकपा एमाले बेल्जियम अध्यक्ष चन्द्र कुमारी गुरुङ – ईशा , नेकपा माओबादी बेल्जियम अध्यक्ष प्रकाश पौडेल , जनसम्पर्क समिति बेल्जियम सभापती सुबास गुरुङ ,संघिय समाज बेल्जियम अध्यक्ष नेत्र मगरले पनि शुभकामना दिएका थिए ।
तमु ल्होछार गरुड वर्ग कार्यक्रममा शेर्पा समाज बेल्जियम अध्यक्ष पेम्बा शेर्पा , विश्व मगर संघ बेल्जियम अध्यक्ष लोक रानामगर , आदिबासी जनजाति महासंघ बेल्जियम सस्थापक अध्यक्ष तथा समाजबादी पार्टी केन्द्रीय सदस्य पीजी शेर्पा , तामांग समाज बेल्जियम अध्यक्ष राम लामा , किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङ, इन्द्र धनुस क्लब अध्यक्ष मिंड गुरुङ , युरोनेपाल कलाकार संघ अध्यक्ष बलराम पुन लगायतले शुभकामना थिए
तमुधी बेल्जियम अध्यक्ष संगीता गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमको संचालन निबर्तमान अध्यक्ष प्रबिना गुरुंङ्ले गरेकी थिईन
तमुस्यो नानी संगीता र गजेन्द्र गुरुङले सन्चालन गरेका सांस्कृतिक कार्यक्रममा चर्चित कलाकार लाहुरे कान्छा ,काजा गुरुङको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।