नेपाली कथानक चलचित्र ‘रंगी ’ माल्टाको ईडेन सिनेमाजमा प्रदर्शन हुने भएको छ। सान्वी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको नेपाली फिल्म‘रंगी’फेब्रुअरी २२ तारिख बाट मगवर्ट प्रोडक्सनले प्रदर्शनमा ल्याउन लागेको हो । चलचित्र शनिबार राति १०ः४५ बजेबाट प्रदर्शन हुने मग्वार्ट प्रोडक्सनका संयोजक गणेश लामिछानेले बताए ।
सुरेश न्यौपानेको निर्देशनमा बनेको यो फिल्मले बाबु र छोरीको भावनात्मक कथा प्रस्तुत गर्नेछ । सलोन बस्नेतको डेब्यू निर्माण रहेको यस फिल्ममा बस्नेत पनि प्रमुख भुमिकामा छन् । उनीसंगै फिल्ममा नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीजस्ता कलाकारहरूको समेत अभिनय रहेको छ । पूर्व मिस नेपाल नम्रता श्रेष्ठले आफ्नो अभिनय यात्रा यही फिल्मबाट सुरु गरेकी हुन् । फिल्मको लेखन सुमन गजमेरले गरेका हुन् भने छायाङ्कन सौरभ लामाले गरेका छन् । संगीतका लागी भने यो फिल्ममा दुर्गेश थापा, आमेश भण्डारी, र भीम बिसी आवद्ध छन् । गायक आनन्द कार्की, समीक्षा अधिकारी र सुजाता केसी लगायतका चर्चित गायकगायिकाहरुले ‘रङ्गी’मा स्वर भरेका छन् ।
माल्टामा उत्कृष्ट मनोरञ्जनात्मक फिल्म प्रदर्शन गर्दै आएको मग्वार्ट प्रोडक्सनले माल्टावासी नेपाली दर्शकको मागको कारण यो फिल्म पनि माल्टामा प्रदर्शन गर्न लागिएको प्रोडक्सन संयोजक लामिछानेले जानकारी दिए। यो फिल्म हेर्नका लागि प्रति व्यक्ति १० युरोको टिकट रहेको छ । फिल्म हेर्नका लागि लागि सिधै तलको लिङ्क बाट बुकिङ गर्न सकिने सामाजिक संजाल मार्फत मग्वार्ट प्रोडक्सनले जानकारी दिएको छ।
यस चलचित्रका लागि माल्टानेपाल अनलाइन, एनआरएनए एनसीसी माल्टा,रोयल दरबार रेस्टुरेन्ट,नमस्ते नेपाल मिनी मार्केट, हिमालयन रेस्टुरेन्ट एण्ड बार,मोमोस हट रेस्टुरेन्ट,संग्रिला रेस्टुरेन्ट एण्ड बार,यूरोफ्युजन फ्रुट एण्ड भेज,यूरो पाटी लगाएतबाट सहयोग रहेको हुँदा संयोजक लामिछानेले सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका छन्।
“रंगी” फिल्म समय सान्दर्भिक पारिवारिक सम्बन्धको गहिराइलाई उजागर गर्ने भएकाले सबै उमेर समूहका दर्शकहरूको मन जित्ने विश्वास गरिएको हुँदा सम्पुर्ण माल्टाबासी नेपालीहरुलाई फिल्म हेर्न समेत लामिछानेले आग्रह गरेका छन् ।