प्रेस सेन्टर नेपाल द्धारा नगद पुरस्कार सहित पत्रकार राई सम्मानित

Share:

माल्टा नेपाल अनलाइन/ प्रेस सेन्टर नेपाल द्धारा नगद पुरस्कार सहित पत्रकार केजिन राइ सम्मानित भएका छन् । प्रेस सेन्टर नेपालको काठमाडौंमा सम्पन्न भएको ५ औं महाधिवेशनमा ५० हजार नगद सहित क्रियाशील पत्रकारिता पुरस्कार बाट पत्रकार राई चैत्र १६ गते.सम्मानित भएका हुन् ।

नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष समेत रहेका राईले वि.सं. २०४७ सालबाट पत्रकारिता शुरु गरेका थिए । युगध्वनी साप्ताहिक पत्रिकाबाट व्यवसायिक पत्रकारिता शुरु गरेका राईले चोमोलोङ्मा, काठमाडौँ टुडे, साल्पा, हिमालय, नेपाल टाइम्स दैनिक, लोकपत्र दैनिक, अपराह्न, छानबिन साप्ताहिक, जनमञ्च साप्ताहिक, मध्यान्तर पाक्षिक लगायत विभिन्न पत्रपत्रिकामा काम गरी सकेका छन् ।

खोटाङबाट प्रकाशित मध्यान्तर पाक्षिकमा सल्लाहकार सम्पादक र लेनमुक (दिव्यदृष्टि) मा सम्पादक समेत भएर काम गरेका राईको पत्रकारितामा गरेको योगदानको मूल्यांकन गरेर ‘क्रियाशील पत्रकारिता पुरस्कार–२०८१’ बाट सम्मान गरिएको प्रेस सेन्टर नेपालका निवर्तमान अध्यक्ष विष्णु साप्कोटा ‘जुगल’ले बताए ।

नेपाल टाइम्समा कार्यरत रहँदा खेलकुद पत्रकार टोलीको नेतृत्व गर्दै रिपोर्टिङ (समाचार सङ्कलन) का लागि पत्रकार राई स्वीटजरल्यान्ड पुगेका थिए । नेपाल टाइम्स र लोकपत्र दैनिकमा लामो समयसम्म काम गरेका राईले ‘खेलकुद, संसद् र अपराधको (बिट) मा कलम चलाउँदै आएका थिए ।

नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा लगातार तेस्रोपटक जिम्मेवारी सम्हालेका राईले पत्रकारिताको विकासमा महत्पूर्ण भूमिका खेल्दै आएका छन् । युरो नेपाल डटकम र इयु नेपाल डटकमका सम्पादक समेत रहेका राईले राजनीतिशास्त्रमा स्नातक गरेका छन् ।

पत्रकारिता गर्दागर्दै वि.सं. २०५५ सालमा रोजगारीको सिलसिलामा युरोपको पोर्चुगल पुगेका पत्रकार राई हाल बेल्जियममा परिवार सहित बस्दै आएका छन् । १६ वर्षदेखि बेल्जियममा पत्रकारिता गर्दैै आएका पत्रकार राई प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनमा सम्मानित भएका हुन् । सम्मानित भएपछि राईले सामाजिक संजालबाट बधाई तथा शुभकामना पाइरहेका छन् ।

प्रेस सेन्टर नेपालले क्रियाशील पत्रकारिता पुरस्कार बाट आफुलाइ सम्मान गरेकोमा खुसी लागेको भन्दै यो सम्मानले थप पत्रकारिता गर्नमा जिम्मेवार बनाएको राईले बताए ।

 

Share:

सम्बन्धित समाचारहरू