नोभेम्बर, २८
माल्टा/अङ्ग्रेजी नयाँ बर्ष २०२४ को अवसर पारेर माल्टाबासी नेपालीहरुलाई भरपुर मनोरञ्जन दिन नेपाली कलाकारहरु माल्टा आउने भएका छन् ।
ब्लु हर्स इन्टरटेन्मेन्ट माल्टाको आयोजना हुने कार्यक्रमको लागि लोकप्रिय गायक रामचन्द्र काफ्ले, जुनु काफ्ले, चर्चित हास्य कलाकारहरु जितु नेपाल, गोपाल नेपाल (फिस्टे) र शिवहरी आचार्य पहिलो पटक माल्टामा आउने भएका हुन् ।
कार्यक्रम आगामी डिसेम्बर ३०तारिख शनिबार माल्टाको जिरा स्थित ओर्फियम थिएटर(Orpheum theatre) मा बेलुका पाँच बजेदेखि राति ११ बजेसम्म सन्चालन हुने कार्यक्रम संयोजक डिएस राणाले जानकारी दिए ।
ब्लु हर्स इन्टरटेन्मेन्टले माल्टामा पहिलो पटक आयोजना गर्न लागेको कार्यक्रममा स्थानीय म्युजिक ब्याण्ड “एन एम बि” को समेत विशेष प्रस्तुति रहनुका साथै माल्टामा रहनु भएका स्थानीय नेपाली कलाकारहरुको पनि प्रस्तुति रहने प्रचारप्रसार बिभाग प्रमुख छेसाङ लोप्चन (अशिम)ले बताए ।
त्यसैगरी मिडिया पार्टनरमा माल्टा नेपाल अनलाइन रहने छ।



