घुम्ती कन्सुलर शिविरबाट माल्टामा पहिलो दिन १ सय ७० जनाले लिए सेवा

Share:

माल्टामा संचालन भएको घुम्ती कन्सुलर सेवा शिविरबाट १ सय ७० जनाले राहदानी नवीकरण लगायत अन्य कन्सुलर सेवा लिएका छन् । शनिबार देखि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको आफ्नै कार्यालयमा सुरु भएको घुम्ती कन्सुलर सेवा शिविरको पहिलो दिनमै १ सय ७० जना नेपालीले सेवा लिएको एनआरएनए माल्टाका सचिव भुवन झाले जानकारी दिएका छन् ।

स्पेनमा रहेको नेपाली राजदूतावासका कार्यवाहक राजदूत यज्ञराज पौड्यालको नेतृत्वमा आएको टोलीले सेवा प्रदान गरी रहेको सचिव झाले जानकारी दिएका छन् । टोलीमा कार्यबाहक राजदूत लगायत राहदानी विभागबाट बिदुर खतिवडा, नेपाली राजदूतावासबाट बिपिन चन्द र अनुप ताम्राकारले सेवा दिइरहेको उनले बताए । एनआरएनए माल्टाको सहकार्यमा राहदानी विभाग नेपाल र स्पेनमा रहेको नेपाली राजदूतावासको समन्वयमा माल्टामा घुम्ती कन्सुलर सेवा शिविर मार्फत राहदानी नवीकरण लगायतका अन्य कन्सुलर सेवा आजबाट प्रदान गरिएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले जानकारी दिएका छन् ।

एनआरएनए माल्टाका वरिष्ठ उपाध्यक्ष मुधु गुरुङले आफैले पनि राहदानी नवीकरणको सेवा लिएको बताए । स्पेनमा रहेको नेपाली राजदुतावासमा नवीकरण गर्नु परेको भए समय धेरै लाग्ने र पैसापनि पनि धेरै खर्च हुने थियो । तर माल्टामा घुम्ती कन्सुलर सेवा शिविर संचालन हुँदा समय र पैसाको बचत भएकोले आफू निकै खुसी भएको गुरुङले बताए । विगतका दिनको सिकाइले पनि यतिबेला व्यवस्थापनको राम्रो तयारी भएकोले सेवाग्राहीले पनि सहज रुपमा सेवा पाउँदा खुसी देखिएको गुरुङ बताउँछन् । सेवालिनेहरुको सेवादिने अवधीभरको प्रतिदिनको सूचि तयार पारी पहिले नै जानकारी गराएकोले पनि विगतका दिनजस्तो भिडभाड भएको छैन् । करिब ७ सयभन्दा बढीले फाराम भरेकाले सबैलाई सेवा प्रदान गर्नेगरी छिटो छरितो काम भइरहेको उनले बताए ।

डिसेम्बर १४ तारीख देखि सुरु भएको राहदानी नवीकरण लगायत अन्य कन्सुलर सेवाको काम डिसेम्बर १८ तारीख सम्म संचालन हुने एनआरएनए माल्टाका उपाध्यक्ष सत्य नारायण झाले बताए । घुम्ती कन्सुलर सेवा शिविर सफल पार्न सहयोग गर्ने सबैलाई झाले धन्यवाद् दिदै यस्तै सहयोग निरन्तर गर्न समेत उनले अनुरोध गरेका छन् । घुम्ती कन्सुलर सेवा शिविरमा एनआरएनए माल्टाका निर्वतमान अध्यक्ष भुवन अर्याल, जनसम्पर्क समिति माल्टाका सभापती एवम् एनआरएनए माल्टाका सल्लाहकार हरी बिसी, जनसम्पर्क समिति माल्टाका सल्लाहकार रोशन गिरी, त्यसैगरी तमु समाज माल्टाका अध्यक्ष आकाश गुरुङ, तामाङ समाज माल्टाका सुनिल तामाङ र एनएमएफसी क्लबका साथीहरुले आजको दिन व्यवस्थापनमा धेरै राम्रो सहयोग गरेको वरिष्ठ उपाध्यक्ष मुधु गुरुङले बताए । सहयोग गर्ने सबैलाई उनले धन्यवाद् समेत दिएका छन् ।

Share:

सम्बन्धित समाचारहरू