नेपाली युवाहरुले खोले माल्टाबाट पहिलो पोडकाष्ट सेवा, नेपालीका दुख–सुख र अनुभवको कथा समेटिने

Share:

माल्टा । नेपालीहरुले माल्टामा पहिलो पटक पोडकाष्ट सुरु गर्न लागेका छन् । राधिका एण्ड ब्रदर्शले माल्टाको ताजा सूचना तथा जानकारी प्रवाह गर्ने गरि पोडकाष्ट सञ्चालन गर्न लागेको हो । पोखराका भरत सुवेदी, सुदिप क्षेत्री, बुद्धिमान गुरुङ, अभिषेक सुवेदी र इश्वर सुवेदेको टिमले  आजदेखि पोडकाष्ट सेवा सुरु गर्दैछन् । युट्युव च्यानल भरत कुलबाट पोडकाष्टका भिडियोहरु सार्वजनिक हुनेछन् ।

भरत सन् २०१८ देखि माल्टामा छन् । उनी माल्टामा सफल ट्याक्सी व्यवसायी हुन् । राधिका एण्ड ब्रदर्श मार्फत भरतले एक दर्जन नेपाली, भारतीय, पाकिस्तानीलाई रोजगारी पनि दिदै आइरहेका छन् । दुख, सुख र अनुभवको कथा भरत कुल युट्युव च्यानलमा हरेक शुक्रबार सार्वजनिक हुनेछन् । माल्टामा सफल व्यवसायीको छवि बनाइसकेका एनआरएनए माल्टाका पूर्व महासचिव रोशन गिरीसँगको कुराकानी पहिलो एपीसोडका रुपमा आज साँझ सार्वजनिक हुदैछ ।

माल्टामा संघर्षरत नेपालीका सफलता, असफलताका कथा, दुखसुख, नीति नियम, अवसर, चुनौतीबारे पोडकाष्टका एपीसोडहरु तयार हुनेछन् । डिजिटल भिडियोहरु सामाजिक सञ्जालबाट जुनसुकै बेला हेर्न, सुन्न पाइनेछ ।

सञ्चालक सुवेदीसँग झण्डै ५ वर्ष माल्टाका हरेक परिस्थितिहरु भोगेको अनुभव छ । उनले सुविधासम्पन्न आकर्षक स्टुडियो तयार गरेका छन् । भरतले रोजगारी, व्यवसाय तथा अध्ययनका लागि माल्टा आएका नेपालीहरुसँग अन्तरंग कुराकानीहरु गर्नेछन् ।

Share:

सम्बन्धित समाचारहरू