एनआरएनए माल्टाको नयाँ कार्यसमितिको बधाई तथा शपथ ग्रहण समारोह

Share:

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाकाे नयाँ कार्यसमितिको बधाई तथा शुभकामना कार्यक्रम माल्टामा सुरु भएको छ ।

निर्वाचन समितीका संयोजक भुवन अर्यालको अध्यक्षतामा भएको बधाई तथा शपथ कार्यक्रमको प्रमुख अतिथि आइसीसी मानार्थ सदस्य दिपक ओली रहेका छन् ब्गने कार्यक्रममा विशिस्ट अतिथि आइसीसी महिला संयोजक अनुजा प्रधान रहेकाछन् ।

कार्यक्रममा एनआरएनए माल्टाका नव निर्वाचित अध्यक्ष सत्यनारायण झाको टिमलाई शपथ ग्रहण गराउदै प्रमाणपत्र समेत प्रदान गरिएको छ । कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, माल्टामा रहेकाआप्रवासी नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले एनआरएनए माल्टा आप्रवासी नेपालीहरुको अभिभावकिय संस्था भएकोले सबैले संस्थाको हितमा एक भएर लाग्नु पर्नेमा जाेड दिएका छन् ।

नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले संस्थाको विधानको पालना गरेर आप्रवासी नेपालीहरुको हितमा इमानदारीका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

Share:

सम्बन्धित समाचारहरू