जनवरी,२६
माल्टा / गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टा र नेपाली राजदूतावास लन्डनको सहकार्यमा माल्टामा आउदो अप्रिल १३ र १४ गते घुम्ती सेवा शिविर हुने भएको छ।
उक्त शिविरबाट राहदानी नवीकरण, राहदानी हराएको, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण तथा अन्य कन्सुलर सेवा उपलब्ध हुनेछ । उक्त कार्यको लागि मिति, समय र स्थान सबै माल्टाबासी नेपालीहरुलाई सहज हुनेगरि अर्को सुचना जारी गरिने गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाले जानकारी दिएको छ।