धनराज विक (अविरल) डिसेम्बर १७ (युरोप)
माल्टामा शनिबार देखि संचालन भएको घुम्ती कन्सुलर सेवा शिविरको आज चौथो दिन १ सय १२ जनाले राहदानी नवीकरण लगायत अन्य कन्सुलर सेवा लिएको एनआरएनए माल्टाका सचिव भुवन झाले जानकारी दिएका छन् । डिसेम्बर १४ देखि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको आफ्नै कार्यालयमा सुरु भएको घुम्ती कन्सुलर सेवा शिविर भोली डिसेम्बर १८ तारीख सम्म संचालन हुने भएको छ । घुम्ती कन्सुलर सेवा शिविरबाट पहिलो दिन १ सय ७० जनाले सेवा लिएका थिए । त्यसैगरी दोस्रो दिन १ सय ८० जना, तेस्रो दिन १ सय ३० जना गरी आजसम्म सम्म ५ सय १२ जनाले सेवा लिएको झाले बताए ।
एनआरएनए माल्टाको सहकार्यमा राहदानी विभाग नेपाल र स्पेनमा रहेको नेपाली राजदूतावासको समन्वयमा माल्टामा घुम्ती कन्सुलर सेवा शिविर मार्फत राहदानी नवीकरण लगायतका अन्य कन्सुलर सेवा दिएकोे एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले बताएका छन् । स्पेनमा रहेको नेपाली राजदूतावास म्यार्डिडका कार्यवाहक राजदूत यज्ञराज पौड्याल, राहदानी विभागबाट बिदुर खतिवडा, नेपाली राजदूतावास बाट बिपिन चन्द र अनुप ताम्राकारले घुम्ती कन्सुलर सेवा शिविरबाट सेवा दिइरहेको अध्यक्ष खनालले बताए ।




