‘होस्टेल’३ मार्च १५ देखि माल्टामा प्रदर्शन हुने

Share:

माल्टा नेपाल अनलाइन
फिल्म ‘होस्टेल’ ३ युरोपको माल्टा स्थित इडेन सिनेमासमा यहि मार्च १५ तारीख देखि प्रदर्शन हुने भएको छ। यस फिल्मको ट्रेलर अन्तर्राष्ट्रिय स्तरमा नै व्यापक हाइप प्राप्त गरेको थियो। फिल्मको कथावस्तु आधुनिक परिवेश अनुसार होस्टेलमा बसोबास गर्ने केही पात्रको नोकझोंक, संवेदना र रोमान्सका क्षणमा आधारित छ ।माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शनमा ल्याउन लागेको यस चलचित्र शनिबार राति १०ः४५ बजेबाट प्रदर्शन हुने मग्वार्ट प्रोडक्सनका संयोजक गणेश लामिछानेले जनाएका छन् । फिल्म हेर्नका लागि तीन जनाको समूहमा आउनेलाई १ जनाको छुट हुनेछ। टिकट यस लिंक बाट समेत उपलब्ध रहेको मग्वार्ट प्रोड्क्सनले आफ्नो सामाजिक संजालबाट समेत जानकारी गराइसकेको छ। उक्त फिल्म नेपालसहित विदेशमा समेत फिल्म रिलिज हुने निर्देशक सशान कँडेल ‘सन्तोष’ले जानकारी दिए। पोस्टरमा प्रमुख चार पात्रलाई चित्रण गरिएको छ, जसमा आशिष घिमिरे, पारस बम ‘कुल ब्वाय’, रिहान गिरी र पदम तामाङ छन् ।
आशिष चर्चित अभिनेता केदार घिमिरे ‘माग्ने बूढा’का छोरा हुन् । उनी यो फिल्मबाट डेब्यु गर्दैछन् । पारस बम सामाजिक सञ्जालका चर्चित कन्टेन्ट क्रिएटर हुन् । रिहान गायक तथा ‘भ्वाइस अफ नेपाल’को सिजन ५ का फाइनलिस्ट हुन् ।
फिल्ममा सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुष लगायत कलाकारले पनि अभिनय गरेका छन् ।
माधव शर्माको पटकथा रहेको ‘होस्टेल’३ लाई सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो ।
कर्ण कार्की र गोविन्द अधिकारी निर्माता, सुरेश कँडेल सहनिर्माता र शङ्कर कोइराला कार्यकारी निर्माता हुन् । यसअघि फिल्मका दुवै सिक्वेल हिट भएका थिए ।

Share:

सम्बन्धित समाचारहरू