माल्टा नेपाल अनलाइन / युरोपको माल्टामा हुने युरोप स्तरीय क्षेत्रीय सम्मेलनमा प्रवासी नेपालीका समस्याको समाधान खोजिने भएको छ । गैर आवासीय नेपाली संघ युरोप क्षेत्रीय कमिटीको आयोजनामा मार्च २८ देखि मार्च ३० तारीख ३ दिनसम्म संचालन हुने सम्मेलनमा प्रवासी नेपालीले भोग्दै आएका समस्याको समाधान खोजिने भएको हो ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय सम्मन्वय परिषद् माल्टाले होस्ट गर्ने सम्मेलनको तयारीलाई तृव पारिएको छ । माल्टामा हुन लागेको सम्मेलनले प्रवासी नेपालीका हक अधिकार र उनीहरुले भोगेका समस्याका बारेमा व्यापक रुपमा छलफल गरी समस्या समाधानका लागि सम्बन्धित पक्षलाई जिम्मेवार बनाउने विषयमा सम्मेलन केन्द«ीत हुने भएको छ ।
प्रवासी नेपालीहरूको भूमिकाबारे विचार–विमर्श, युरोपबीच लगानी तथा व्यापारिक सम्भावनाका साथै आपसी सहकार्य गर्दै एकिकृत भएर कसरी काम गर्न सकिन्छ भन्नेमा सम्मेलनमा छलफल गरिने युरोप क्षेत्रीय कमिटी सचिव भुवन अर्यालले बताए । साथै प्रवासी नेपालीका अवसर, भोग्नु पेरका चुनौती र राज्यको दायित्व र भूमिकाको बारेमा पनि घनिभूत रुपमा सम्ममेलनमा बहस गरिने अर्याल बताउँछन् ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय सम्मन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले युरोप क्षेत्रीय सम्मेलनले नेपालर माल्टाको इतिहास रच्ने बताए । नेपाल सरकारको प्रतिनिधत्व गरेर आउने उच्च पदाधिकारी र माल्टा सरकारबीच हुने समन्वय भेटघाटले माल्टामा रहेका प्रवासी नेपालीले भोगेका विविध समस्या समाधानका उपाय समेत खोजिने खनाल बताउँछन् । उनले भने, “ सम्मेलनबाट दुई देश बीचको आपसी सम्बन्ध पनि मजबुत भएर जाने छ । माल्टामा रहेका प्रवासी नेपालीले भोगका समस्याहरु माल्टा सरकारलाई सुनाउने र समाधान खोज्नमा समेत सम्मेलनले भूमिका खेल्ने छ ।”
सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । एनआरएनए माल्टा सम्मेलनमा सहभागी हुन आउने अतिथिहरुको स्वागतका प्रतीक्षा गरेर बसेको खनालले बताए । हिजोदेखि आजसम्म माल्टामा हुने जुनसुकै कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने माल्टामा रहेका प्रवासी नेपालीलाई धन्यवाद् दिँदै यो सम्मेलन सफल पार्न सहयोगका लागि खनालले अनुरोध समेत गरेका छन् । नेपाल सरकारको प्रतिनिधित्व गरेर आउने व्यक्तिहरुको भिषा प्रक्रियाको काम हुदै गरेकोले भिषा लागेपछि मात्र उहाँहरुको नाम सार्वजनिक गरिने उनले बताए ।
सम्मेलनमा नेपाल सरकारका उच्च प्रतिनिधिहरू, माल्टा सरकारका विशिष्ट व्यक्तिहरु, एनआरएनए अभियन्ता, माल्टामा रहेका विभिन्न सामाजिक संघसंस्थाहरु, व्यवसायी, समाजसेवी, बुद्धिजिवि, विद्यार्थी, पत्रकार र सामाजिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहने भएको छ । नेपाल सरकारका उच्च पदाधिकारी समेत आउने सम्मेलनमा नेपाल र युरोपबीच आपसी सहयोग, लगानीको बाताबरण, व्यापार तथा साँस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने लक्ष समेत सम्मेलनले राखेको छ ।
सम्मेनले एनआरएनएको केन्द्रमा देखिएको समस्या समाधानमा समेत भूमिका खेल्ने ठूलो आसा गरिएको छ । तपाईं हाम्रो सक्रिय सहभागिता, सकारत्मक सोच विचार, असल कर्म र योगदानले एनआरएनए संस्था अगाडी बढाउन सकिन्छ भनेर सबैले सोच राख्नुपर्छ भन्ने सन्देश पनि सम्मेलनले दिनेछ ।
एकआपसमा एकता र मेलमिलाप गराउँदै सबैलाई एकसाथ जोडेर लैजान पनि सम्मेलनले भूमिका खेल्ने अपेक्षा समेत युरोप क्षेत्रीय कमिटी र एनआरएनए माल्टाले गरेको छ । अबको एनआरएनए तानातान होइन, समेट्ने अभियान हो । सम्पूर्ण प्रवासी नेपालीहरूलाई एउटै मञ्चमा ल्याएर साझा समाधान खोज्ने अवसरका रुपमा पनि युरोप क्षेत्रीय सम्मेलनलाई लिनुपर्ने माल्टामा रहेका प्रवासी नेपालीहरुले एनआरएनए अभियन्तालाई सुझावका साथ अनुरोध गरेका छन् ।
माल्टामा युरोप स्तरीय क्षेत्रीय सम्मेलनको आयोजना हुने भएपछि माल्टामा रहेका प्रवासी नेपालीहरु खुसी भएका छन् । म पनि धेरै खुसी भएको छु । यो हाम्रा लागि अवसर हो । हामीले भोगेका समस्या, अवसर र सम्भावना माथी छलफल गरिने सम्मेलन सफल पार्न माल्टामा रहेका सबै नेपालीहरु एक भएर लाग्नु पर्ने अन्तराष्ट्रिय सफ सोसाइटी माल्टाका अध्यक्ष बासुदेव भुसालले बताए ।
,