शिक्षकहरुको आन्दोलन जारी ,शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

Share:

माल्टा नेपाल अनलाइन /शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले  आज २०८२ वैशाख ८ गते सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी राजीनामा दिएकी छन्। उनको राजीनामा शिक्षक आन्दोलनको २०औँ दिनमा आएको हो, जसमा शिक्षकहरूले विद्यालय शिक्षा ऐन पारित गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् ।

शिक्षकहरू विद्यालय शिक्षा ऐन पारित गर्न माग गर्दै काठमाडौंमा आन्दोलनमा छन्। नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच बारम्बार संवाद भए पनि सहमति जुट्न सकेको छैन। शिक्षकहरूले आन्दोलन जारी राखेका छन्, जसले विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ ।
मन्त्री भट्टराईले प्रधानमन्त्री ओलीसँग विद्यालय शिक्षा ऐनबारे असन्तुष्टि व्यक्त गरेकी थिइन्। उनले प्रधानमन्त्रीले निजी विद्यालयलाई लगानी गर्न र सरकारको लगानी सुरक्षित गर्ने विषयमा बोलेकोमा असन्तुष्टि जनाएकी थिइन्। उनले संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेको तर प्रधानमन्त्री त्यसका विरुद्धमा बोल्दै हिँडेको भन्दै असन्तुष्टि जनाएकी थिइन् ।

राजीनामापछि मन्त्रिपरिषद् बैठक बसेको छ, जसमा शिक्षक आन्दोलन र विद्यालय शिक्षा ऐनबारे निर्णय हुने अपेक्षा लिइएको छ ।

Share:

सम्बन्धित समाचारहरू