माल्टा नेपाल अनलाइन / पूर्व वडा अध्यक्ष शिवलाल अर्यालले माल्टामा रहेका प्रवासी नेपालीको एकता र मेलमलिापको भावनाको प्रशंसा गर्दै धन्यवाद दिएका छन् । युरोप भ्रमणमा आएका अर्यालले आज नेपाल फर्कने बेलामा माल्टामा रहेका नेपालीहरुको नेपालीपन र सामाजिक एकताको प्रशंसा गर्दै सबैलाई धन्यवाद दिएका हुन् ।
अर्याल र उनकी श्रीमती तुल्सा अर्यालको दम्पती तीन महिना देखि माल्टा भ्रमणमा रहेका थिए । माल्टा भ्रमणमा रहेको बेला नेपाली समुदायले आयोजना गरेका कार्यक्रममा अर्याल दम्पतीले सक्रिय सहभागिता देखाएका थिए । औपचारिक कार्यक्रममा बोल्दै पूर्व वडा अध्यक्ष अर्यालले प्रवासी नेपालीको मनछुने गरी समय सान्दर्भिक विचार राख्दै बाध्यताले नेपाली युवा विदेशिनु परेको वास्तविकताको चित्रण गरेका थिए ।
गुल्मी आँपचौर ७ धुमी घरभइ हाल रुपेन्देही जिल्ला सैनामैना नगरपालिका १ रानीबगिया बस्ने अर्यालको दम्पती युरोपको माल्टामा सम्मानित पनि भएका थिए । २०४९ सालमा वडा अध्यक्षमा निर्वाचित भएका अर्यालले तत्कालीन समयमा ११ वर्षसम्म अध्यक्षको जिम्मेवारी सम्हालेर काम गरेका थिए । अर्यालकी श्रीमती तुल्सा अर्यालले् १६ वर्षसम्म महिला स्वयम् सेविका भएर सामाजिक काममा योगदान गरी सकेकी छन् । समाज सेवामा लागी परेका अर्यालका दम्पतीको सामाजिक योगदानको मूल्यांन गरेर माल्टामा रहेका नेपाली समाजले सम्मान गरेका थिए । अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले अर्याल दम्पतीको सामाजिक योगदानको कदर गर्दै सम्मान गरेको संस्थाका अध्यक्ष बासुदेव भुसालले बताए ।
देश फर्कने बेलामा पत्रकारसँग कुरागर्दै अध्यक्ष अर्यालले माल्टामा नेपालीहरुको एकता धेरै राम्रो रहेको बताए । रोजगारीको सिलसिलामा माल्टामा रहेका नेपालीहरुले नेपाली संस्कृति र पहिचान झल्काएर आफ्नो देश चिनाउन महत्वपूर्ण भूमिका खेलेको मैले आफैले देख्दा निकै खुसी लाग्यो । प्रवासमा यसरी मिलेको नेपाली समाजको एकतालाई जस्तोसुकै अवस्था र परिवेशमा पनि टुटाउने र फुटाउने काम कसैले पनि नर्गनु होला भन्दै अर्यालले माल्टामा रहेका सबै नेपालीलाई अनुरोध समेत गरे ।
बाध्यताले देश छोडेर युवाहरु विदेशिनु भएको छ । रहरले कोहीपनि नेपालीले घर र देश छोडेर आएको मैले पाईन् । देशको खराब अवस्थाले रोजगारीको लागि विदेशिएका नेपालीहरुको देशप्रर्तिको माया देखेर आफू भावुक भएको अर्यालले बताए । नेपालमै रोजगारीको सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्न र विदेशमा रहेका नेपालीहरुलाई देशमै सम्भावना छ भनेर फिर्ता हुन सक्ने विश्वासको वातावरण राज्यले निमार्ण गर्नु पर्नेमा अर्यालले जोड दिए ।
माल्टा भ्रमणमा रहँदा आफ्नो दम्पतीलाई माया गर्ने एनआरएनए माल्टा परिवार, हाम्रो सामाजिक योगदानको मूल्यांकन गर्दै सम्मान गर्ने मगर समाज माल्टा, अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टा , आफ्नो विचारलाई सम्प्रेषण गर्ने संचार माध्यम, माल्टामा रहेका विभिन्न सामाजिक संघसंस्था र सम्पूर्ण नेपालीहरुलाई अर्याल दम्पतीले धन्यवाद् दिएका छन् ।