माल्टामा निधन भएका न्यौपानेको शव नेपाल पठाउने तयारी तीब्र , सहयोगको लागि अपिल

Share:

माल्टा नेपाल अनलाइन डेस्क
माल्टाको समुद्रमा डुबेर निधन भएका नेपाली युवक रोबर्ट न्यौपानेको पार्थिव शरीर नेपाल पठाउने तयारी थालिएको छ। पार्थिव शरीर स्वदेश पठाउन आवश्यक खर्च जुटाउन आर्थिक सहयोग संकलनकोलागि गो गेट फन्डिङ खुल्ला गरिएको र यस लिंकमा गएर सहयो गर्न सकिने गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद् एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले जानकारी दिएका छन्।

नवलपरासी, देवचुली नगरपालिका–१३, दलदले निवासी २५ वर्षीय रोबर्ट न्यौपाने (एलिश) को सन् २०२५ जुलाई ८ तारिख, बिहान १ बजे माल्टाको स्लेइमा समुद्र किनारमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो। रोजगारीका सिलसिलामा विगत २० महिनादेखि ओर्मी क्षेत्रमा बसोबास गर्दै आएका उनी केही साथीहरूसँग समुद्र गएका बेला सो दुर्भाग्यपूर्ण घटना भएको हो ।

गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद् एनआरएनए माल्टाको संयोजनमा पार्थिव शरीर कानुनी प्रक्रिया पूरा गरि चाँडो नेपाल पठाउने तयारी भइरहेको छ।

यसका लागि GoGetFunding अभियानमार्फत सहयोग संकलन थालिएको छ। गैरआवासीय नेपाली संघ माल्टाले माल्टा र गोजोमा रहेका नेपाली संघ–संस्था, सामाजिक अभियन्ता तथा समुदायलाई समन्वय गरी सहयोग गर्न आह्वान गरेको छ।

गम्भीर र पीडादायक यस घटनाले नेपाली समुदायलाई मर्माहत बनाएको छ। स्व. न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै

“नेपालीका लागि नेपाली – सेवा र सहयोग नै धर्म हो” भन्ने भावनाका साथ सबैलाई सहयोग गर्न एनआरएनए माल्टाले अपिल गरेको हो । https://gogetfunding.com/donations-for-repatriation-of-robert-neupane-alish/

Share:

सम्बन्धित समाचारहरू