हेल्पलाइन माल्टाको आयोजनामा जुलाई १३ तारीख धुर्मुस सुन्तली साँझ हुँदै

Share:

जुलाई ,११ / माल्टा
हेल्पलाइन माल्टाको आयोजना यहि जुलाई १३ तारीख धुर्मुस सुन्तली साँझ कार्यक्रम हुने भएको छ ।
ब्लड क्यान्सर पीडित सुरज लौडारीको थप उपचारका लागि उक्त कार्यक्रम गर्न लागिएको हेल्पलाइन माल्टाका संयोजन डि एस राणाले जानकारी दिएका छन् ।
कार्यक्रममा कलाकार सिताराम कट्टेल (धुुर्मुस), कुन्जना घिमिरे(सुन्तली) संगै चर्चित लोकदोहरी गायक बिष्णु खत्री र तुल्सी शिवाकोटीको समेत प्रस्तुति रहने संयोजक राणाले जानकारी दिए। जुलाई १३ तारीखका दिन जिराको अर्फियम थ्रीयटर हलमा धुर्मुस सुन्तली साँझको आयोजना हुने हुँदा सम्पुर्ण माल्टाबासी नेपालीहरुलाई कार्यक्रममा उपस्थित भएर क्यान्सर पीडित सुरज लौडारीको थप उपचारका लागि सहयोग गरिदिन समेत संयोजक राणाले अनुरोध गरेका छन् ।

प्रवासमा हरेका नेपालीहरुको सुखदुःखको साथी बन्दै आएको हेल्पलाइनको यस्ता उत्कृष्ट कार्यलाई माल्टा लगाए प्रवासमा रहेका नेपालीहरुले समेत साथ दिदै आएका छन्।
देश बिदेशमा रहेका नेपालीहरुलाई सहयोग गर्दै आएको यस हेल्पलाइनको यस कार्यलाई माल्टामा हरेका विभिन्न सामाजिक व्यक्तित्वहरु, संघसंस्थाहरुको समेत साथ हरेको हुँदा कायक्रम सफल हुने र पीडितलाई राहत पुग्ने राणाको भनाइ छ।
क्यान्सर पीडितको सहयोगार्थ हेल्पलाइनले आयोजना हुने कार्यक्रममा आफूहरु आउन लागेको सन्देश दिदै यस उत्कृष्ट कार्यमा सरिक हुन कलाकारहरुले समेत अनुरोध गरेकाछन् ।

नेपालको ब्यास नगरपालिका १ दमौली घर भएका सुरज लौडारी ब्लड क्यान्सर भई ३ महिना देखि माल्टाको माटर देइ अस्पतालमा भर्ना भएर क्यान्सर रोगको उपचार गराई रहेको र थप उपचारको लागि युकेमा लगेर उपचार गर्नु पर्ने हुँदा  उपचार रकम संकलन गर्नको लागि उनी निरन्तर लागि परेका छन् । लौडारीकै उपचारमा सहयोग रकम जुटाउन नेपालका चर्चित कलाकार धुर्मुस र सुन्तली लाई माल्टामा ल्याएर धुर्मुस सुन्तली साँझ कार्यक्रम गर्ने तयारीमा जुटेका छन् ।

यसका लागि उनले माल्टामा रहेका प्रवासी नेपाली संग माल्टाको कुलेजमा एक कार्यक्रम गरी छलफल समेत गरेका थिए । छलफलमा सहभागी भएका सबैले हेल्पलाईनले ब्लड क्यान्सर सुरजको जीवन बचाउनका लागि आयोजना गर्न लागेको धुर्मुस सुन्तली साँझ कार्यक्रम सफल पार्न एक भएर लागिपर्ने बताएका थिए ।

कार्यक्रमबाट संकलन भएको सबै रकम लौडारीलाई नै प्रदान गरिने राणाले बताए । अहिले सबैले हेल्पलाइन मार्फत सहयोग रकम दिइरहका छन् । सहयोग गर्नेहरुको नाम र फोटो राणाले हेल्पलाइनको पेजबाट पोष्ट गरेको देख्न सकिन्छ । दुईसाता देखि हेल्पलाइनको फेसबुक पेज सहयोग गर्नेहरुको पोष्टले भरिएको छ । सहयोग गरेको पोष्टले सहयोग गर्न एक अर्कालाई उत्प्रेरणा समेत दिएको छ ।

नेपालमा समाजसेवाका काममा अग्रसर हुँदै आएका कलाकार धुर्मुस र सुन्तली ब्लड क्यान्सर सुरजको जीवन बचाउनका लागि माल्टामा कार्यक्रम गर्न आउने भएपछि माल्टामा रहेका नेपालीहरु पनि खुसी भएका छन् । हेल्पलाइनको कार्यक्रम सफल पार्न प्रवासी सबै नेपाली एक भएर जुटेका छन् ।  उपचार खर्च धरैे लाग्ने भएकोले धुर्मुस सुन्तली साँझको कार्यक्रमबाट आएको सबै रकम उपचारका लागि दिइने हेल्पलाइनले जानकारी समेत गराइसकेको छ ।

Share:

सम्बन्धित समाचारहरू