झापाली समाज माल्टाको साँस्कृतिक कार्यक्रममा गायिका रचना रिमाल माल्टा आउँदै

Share:

माल्टा नेपाल अनलाइन डेस्क / झापाली समाज माल्टाको विशेष साँस्कृतिक कार्यक्रमका लागि लोकप्रिय गायिका रचना रिमाल माल्टा आउने भएकी छिन् । सेप्टेम्बर ५ तारीख शुक्रबारका दिन माल्टाको जिरामा रहेको ओप्रियम थिर्यटरमा हुने साँस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुती दिन गायिका रिमाल माल्टामा आउन लागेको झापाली समाज माल्टाका अध्यक्ष मुक्ति पुरीले जानकारी दिएकाछन् । गायिका रिमालले माल्टामा रहेका सबै नेपालीलाई सांस्कृतिक कार्यक्रम हेनका लागि अनुरोध गरेकीछन् ।

रोजगारीको सिलसिलामा माल्टामा रहेका नेपालीहरुको चाहना अनुरुप झापाली समाज माल्टाले गायिका रचना रिमाललाई ल्याउन लागेको हो । आफ्नो सांगीतिक प्रस्तुतीले दर्शक श्रोताको मन जित्दै गएकी रिमाल माल्टा आउन लागेको खबरले माल्टामा रहेका सबै नेपालीहरु खुसी भएको अध्यक्ष पुरीले बताए ।

साँस्कतिक कार्यक्रममा गायिका रिमालसँगै माल्टामा रहेका नेपाली साँस्कतिक टिम र कलाकारहरुको पनि जोडदार प्रस्तुती रहने भएको छ । साँस्कृतिक कार्यक्रम मार्फत विदेशमा पनि नेपाललाई चिनाउन र नेपालीहरुको एकतालाई थप मजबुत बनाउन रचनात्मक काम गर्दै आएको झापाली समाज माल्टाले यसपाली साँस्कृतिक मनोरन्जनका लागि लोकप्रिय गायिका माल्टामा ल्याउन लागेको अध्यक्ष पुरी बताउँछन् ।

बेलाबखत माल्टामा सांस्कतिक कार्यक्रम भइरहन्छन् । रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुका पनि आफ्नै कथा र व्यथा छन् । चर्को मूल्य निर्धारण गरेर आयोजना गरिने कार्यक्रममा सहभागी हुने दर्शकहरुको बजारमा गुनासो हुने गरेको सुनिन्छ । दर्शकको गुनासोलाई झापाली समाजले मध्यनजर गर्दै गायीका रचना रिमालको सांगीतिक प्रस्तुती हेर्नका लागि प्रवेश शुल्क १० युरोको व्यवस्था गरिएको झापाली समाज माल्टाका सचिव रिसिराम काफ्लेले बताए ।

संस्थाले प्रदेशीहरुको दुखलाई बुझेको छ । साँस्कृतिक कार्यक्रम गरेर पैसा कमाउने हाम्रो उद्देश्य छैन् । साँस्कृतिक क्षेत्रको विकास, नेपालीहरुको एकता, मेलमिलाप र मनोरन्जनका लागि आयोजना गरिएको कार्यक्रम हेर्नको लागि सबैलाई सजिलो होस् भनेर शुल्क थोरै राखेकोले गायिका रचना रिमालको सम्मानका साथ प्रस्तुती हेर्नका लािग काफ्लेले सबैलाई अनुरोध गरेका छन् ।
माल्टा तथा गोजोमा रहनु हुने सबै नेपालीलाई हार्दिक निमन्त्रणा छ ।

साँस्कृतिक कार्यक्रममा सहभागिता जनाएर सफल पार्नका लागि उनले सबै नेपालीलाई आग्रह गरेका छन् । ३ हप्ताको युरोपको सांगीतिक यात्रामा रहेकी रचनाले अस्ट्रिया, पोर्चुगल, डेनमार्क, स्पेन र पोल्यान्डमा कार्यक्रम सम्पन्न गरिसकेकी छिन् । माल्टापछि क्रोएसिया र फिनल्यान्डमा मिालको सांगीतिक कार्यक्रम हुने भएको छ ।

Share:

सम्बन्धित समाचारहरू