माल्टामा नेपाली युवाले खोले रोयल दरबार

Share:

सुन्दर समुन्द्रले घेरिएको माल्टामा नेपालीहरुले रोयर दरबार सञ्चालनमा ल्याएका छन् । बुजिबाको औरा टुरिष्ट स्ट्रिटमा ४ जना युवाले सुविधासम्पन्न रेष्टुरेण्ट खोलेका हुन् । जिके शर्मा, उदयबाबु श्रेष्ठ, राम कुँवर, सन्तोष पाठकले रेष्टुरेण्ट खोलेका हुन् । नेपाली र इण्डीयन खाना खुवाउने गरि रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको हो । सुपरस्टार तथा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले रोयल दरबारको सेवाको सुभसाइत गरेका छन् ।

कार्यक्रममा नायिका जिया केसी, गायिका सुनिता दुुलालको समेत सहभागिता रहेको थियो । एकैसाथ ६० जनाले बसेर खाना, खाजा खान मिल्ने सुविधा छ । सञ्चालक सन्तोष पाठकले गुन्द्रुक, ढिडो, थकाली, नेवारी लगायतका नेपाली मौलिक खाना, खाजाहरु पाइने बताए ।

विवाह, बर्तबन्ध, वर्थ डे, एनिर्भसरी, बैठकहरु गर्न मिल्ने गरि ठाउँको व्यवस्थापन गरिएको छ । रोयल दरबारको छिटै औपचारिक कार्यक्रम गरेर ग्राण्ड ओपनिङ हुने जनाइएको छ ।

Share:

सम्बन्धित समाचारहरू