माल्टामा रहेका तामाङहरु एक्यवद्ध बन्ने अभियान सुरु भएको छ । तामाङ समाज माल्टाको सातौ मासिक बैठकमा तामाङ समुदायलाई एकिकृत गर्दै भाषा, संस्कृति जोगाउने अभियान चलाउनेबारे छलफल भएको थियो ।
अध्यक्ष सुनिल कुमार दोङले माल्टामा रहेका तामाङलाई नेतृत्व तहमा लैजान एक्यवद्धताको अभियान चलाउन लागिएको बताए । नेपालका विभिन्न ठाउँबाट माल्टा आएका तामाङलाई परेका समस्या समाधान गर्न समाज प्रतिवद्ध रहेको बताए ।
महासचिव छेसाङ लोप्चन अशिमले माल्टामा रहेका तामाङ समुदायको हकअधिकार, रोजगारीका अवसरमा सहजीकरण लगायतका कामहरु हुने बताए । बैठकले ६ जना सदस्य सहित संस्थामा आवद्ध भएकालाई प्रमाणपत्र वितरण गरेको थियो ।